arrow

केन्द्रीय बैंकको विवरण : अर्थव्यवस्थामा मोदी सरकार अब्बल 

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
modi-indian-pm-1.jpeg

काठमाडौं । सन् २०१९ मा हुन गइरहेको विधानसभाको निर्वाचनभन्दा पहिला भारतमा मोदी सरकारको लागि राम्रो संकेत मिलेको छ । भारतीय केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणले मोदी सरकारको पालामा भारतमा राम्रो आर्थिक सुधारको संकेत मिलेको देखाएको हो । 

केन्द्रीय बैंकको विवरणमा भारतको लगानीको क्षेत्रमा विशेषगरी सुधार आइरहेको उल्लेख गरिएको छ । भारतको रोजगारी सिर्जना हुने मध्यम तथा लघु उद्योगमा उल्लेख्य मात्रामा लगानी बढेको पाइएको हो । राजनीतिमा यसबारेमा व्यापक चर्चा तथा चासो बढिरहेको अवस्थामा भारतीय रिजर्व बैंकको यस्तो विवरण सार्वजनिक भएको हो । 

आर्थिक हिसाबमा देखिएको यस किसिमको सुधारसँगै मोदी सरकारले यसअघि आलोचना खेप्दै आएको नोटबन्दी तथा जीएसटीको योजनाको कमजोरी छोपिनसक्ने विश्लेषकहरुले बताएका छन् । 

रिजर्व बैंकले संसदको स्थायी समितिलाई जानकारी दिँदै लगानीको हिसाबमा अर्थव्यवस्था बढिरहेको बताएको हो । सबै सूचकहरुको अहिलेको अवस्थाले आगामी दिनमा भारतको लगानीमा थप विस्तार हुनसक्ने बताइएको छ । भारतको आर्थिक वर्ष २०१८–१९ को पहिलो त्रैमासिक अवधिमा विकासदर बढेर आठ दशमलव २ प्रतिशतमा पुगेको विवरणमा उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही तीन महिनामा ५.६ प्रतिशतको वृद्धि भएको थियो । 

क्षमताको प्रयोगको हिसाबमा पनि अघिल्लो वर्षको त्ुलनामा ३ प्रतिशतको वृद्धि भएको छ । यसले पनि भारतको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको देखिएको हो । विवरणमा अहिले देखिएको नतिजाले राम्रो संकेत देखिइरहेको उल्लेख गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ