arrow

महत्वपूर्ण सम्मेलनमा जनतालाई असुविधा नहुने व्यवस्था गर्ने सरकारको प्रतिबद्धता

बिम्स्टेक शिखर सम्मेलन सफल पार्न सहयोग गर्नेलाई सरकारको धन्यवाद

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
oli-cabinet.jpg

काठमाडौं। सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त शिखर सम्मेलन प्रभावकारी रुपमा सम्पन्न भएकामा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई धन्यवाद दिएको हो।

यस्तै सम्मेलनलाई भव्यरुपमा सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए। सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा सम्पन्न भएको छ। सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

त्यसैगरी सम्मेलनका कारणले सवारी चाप वा सर्वसाधारणले यात्राका क्रम वा अन्य समयमा पनि भोग्नुपरेको समस्याप्रति सरकार सम्बेदनशील र गम्भीर रहेको भन्दै आगामी दिनमा वैकल्पिक उपायबाट यस्ता महत्वपूर्ण सभा सम्मेलन गर्दा कुनै असुविधा नहुने व्यवस्था गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ।

बिम्स्टेकको सफलताले नागरिकले भागेका सबै समस्यालाई बिर्साउने उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा वैकल्पिक उपाय खोजेर सकेसम्म जनतालाई कष्ट नहुने अवस्था सिर्जना गर्ने सन्दर्भमा मन्त्रिपरिषद् बैठकको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ भने।

यस्तै बैठकले ‘संस्थान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक’ तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि तयार गर्ने कानून निर्माण र पशु सेवा परिषद् स्थापनासम्बन्धी व्यवस्थाका लागि सैद्धान्तिक स्वीकृतिसमेत मन्त्रिपरिषद्को बैठकले दिएको मन्त्री अधिकारीले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ