arrow

जँड्याहा छोरीद्धारा धारिलो छुरा प्रहार गरी बाबुको हत्या

logo
जितेन्द्र भण्डारी 
प्रकाशित २०७५ भदौ १८ सोमबार
Killed.jpeg

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले  धारिलो छुरा प्रहार गरी बाबुको हत्या गरेकी छिन् । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

दिव्यरानीले शनिबार राति ११ बजेको समयमा मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ