arrow

ब्राजिलको २०० वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७५ भदौ १८ सोमबार
brazil5.jpg

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एक संग्रहालयमा भीषण आगलागी भएको छ । मुलुकको सबैभन्दा पुरानो विज्ञान संग्रहालयमा आगलागी भएको हो । यो संग्रहालयमा २ करोडभन्दा बढी सामग्रीहरु रहेका थिए । 

A 200-year-old museum in Brazil was hit on Sunday by a huge fire, threatening its collection of more than 20million historical items

आइतबार लागेको यो आगलागीको कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको वा घाइते भएको विवरण आएको छैन । यो संग्रहालय पोर्चुगलको राजकीय परिवारका लागि स्थापना गरिएको थियो । यसै वर्ष २ सय वर्ष पूरा भएको छ । आगो लागेको प्रकृतिले यो संग्रहालयको सेवा बन्द भइसकेपछि आगलागी सुरु भएको हो । यद्यपि अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन । 

Sgt. Moises Torres from the state's firefighting headquarters said there was no immediate information about injuries

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो घटना सबै ब्राजिलियनका लागि सबैभन्दा दुःखदायी रहेको बताएका छन् । उनले यो संग्रहालयमा लागेको आगलागीसँगै अपूरणीय क्षति भएको बताए । 

Firefighters, pictured, try to extinguish a fire at the National Museum of Brazil in Rio de Janeiro

 संग्रहालयका निर्देशकले यो आगलागी सांस्कृतिक वियोग रहेको बताएका छन् । यो संग्रहालयमा ब्राजिलको इतिहास झल्काउने हजारौं सामग्रीहरु राखिएका थिए । त्यसका साथै अन्य केही मुलुकहरुका सांस्कृतिक सामग्रीहरु पनि यो संग्रहालयमा राखिएको थियो । 

Nobody was reportedly injured during the fire as it began after the museum had closed for the day

यो संग्रहालयमा सबैभन्दा महत्वपूर्ण डाइनोसरको हाड र १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपञ्जर पनि राखिएको थियो । उक्त अस्थिपञ्जर अमेरिकामा पाइएकोमध्ये सबैभन्दा पुरानो हो । (एजेन्सी)

On Sunday evening the flames did not appear to be reducing in size as firefighters worked tirelessly to battle the fire People watch as a fire burns at the National Museum of Brazil in Rio de Janeiro late on Sunday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ