arrow

जेलबाट ४ सय कैदी फरार 

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
libiya1.jpg

काठमाडौं । लिबियाको राजधानी सहर ट्रिपोली नजिकै रहेको एक जेलबाट ४ सय कैदीहरु भागेका छन् । आतंकवादी संगठनसँग सहरमा युद्ध जारी रहेको अवस्थामा उनीहरुले भाग्ने मौका पाएका हुन् । 

लिबियाको स्थानीय प्रहरीले दिएको जानकारीअनुसार मुलुकको ऐन जारा जेलबाट उनीहरु भाग्न सफल भएका हुन् । जेलका सुरक्षाकर्मीहरुले पनि आफ्नो ज्यानको भयको कारण उनीहरुलाई रोक्न सकेका थिएनन् । 

मिलिटा समुहसँगको संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको सरकारी सेनाको युद्धसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । यो घटना आइतबार भएको हो । यो जेलमा पुरुष कैदीहरु मात्र थिए । यो जेलमा रहेका धेरैजसो कैदीहरु लिबियाका पूर्व नेता मुआमार गद्दाफीका समर्थकहरु रहेको बताइएको छ । उनीहरु सन् २०११ मा गद्दाफीको सरकारमा रहेको अवस्थामा दोषी रहेको पाइएको थियो । 

आइतबार लिबियाको एक क्याम्पमा भएको रकेट आक्रमणमा परी २ जना मानिसहरुको ज्यान गएको छ । लिबियाको स्वास्थ्यमन्त्रालयको विवरणअनुसार लिबियामा पछिल्लो साता मिलिटिया समुहसँगको भीडन्तमा परी सर्वसाधारणसहित ४७ जनाको ज्यान गएको छ । राजधानी सहर ट्रिपोलीमा अहिले राष्ट्रसंघको मान्यता पाएको सरकार रहेको छ तर राजधानी बाहिरका धेरै स्थानमा मिलिटिया समुहको नियन्त्रण रहेको छ । 

सन् २०११ मा गद्दाफीलाई सत्ताच्युत गरिएयता नै लिबिया अशान्त बन्दै आइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिवले सबै पक्षलाई मानव अधिकार र मानवताको नियम उलंघन नगर्नका लागि आग्रह गरेका छन् । 

शनिबार मात्र पनि अमेरिका, बेलायत, फ्रान्स र इटालीले लिबियाको राजधानी सहरमा भइरहेको हिंसा रोक्नका लागि तत्काल प्रभावकारी कदम चाल्नका लागि माग गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ