बझाङ। सदरमुकाम चैनपुरमा शनिबार साँझ एक जना पत्रकार कुटिएका छन । जयपृथ्वी नगरपालिका ४ का पत्रकार गणेश विकलाई समाचार संकलन गरि फर्किरहेको बेला ३ जनाको समुहले कुटपिट गरेको हो ।
स्थानीय बझाङ एफएममा कार्यरत पत्रकार बिक मष्टा गाउँपालिकाको सडकको सार्वजनिक सुनुवाईको समाचार संकलन गरि स्थानीय बाजुरा होटल बाट खाना खाएर कोठा जाने क्रममा बाटोमा हिडिरहेको बेला कुटपिट गरिएको बिकले बताए ।
उनले भने म बाटोमा हिडी रहेको थिए , एक्कासी आएर टर्च लाईट किन बालेको भन्दै म माथी मोटरसाईकलको हेलमेटले हान्यो । उनले भने जयपृथ्वी नगरपालिका घर भएका सुमन विस्ट, पवन छत्याल लगायतले आफुलाई कुटपिट गरेको गरे यीनीहरु लाई कारबाही गरिनु पर्छ ।
पत्रकार बिकको कुटपिटबाट टाउको र आँखामा चोट लागेको छ भने एउटा दाँत समेत हल्लीएको छ । बिकले घटना लगतै प्रहरीलाई खबर गरे पनि प्रहरी आधा घण्टा पछि घटनास्थलमा पुगेको र त्यतिन्जेल कुटपिटमा संलग्नहरु भागि सकेको समेत उनले सुनाए ।
पत्रकार बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । एक जना छत्याल थरका व्यक्तीलाई पक्राउ गरेको र अरुको खोजी कार्य भैरहेको निमित्त डिएसपी नैनबहादुर कुँवरले जानकारी दिए ।
नेपाल पत्रकार महांसघ बझाङले पत्रकार कुटिएको घटनाको विरोध गर्दै विज्ञप्ती निकालेको छ । महांसघका अध्यक्ष जगदिश रोकाया र सचिव शैलेन्द्र रोकायाद्धारा जारी विज्ञप्तीमा दोषिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरिएको छ । बिज्ञप्तीमा भनिएको छ राज्य पक्षबाट पनि मिडिया क्षेत्र र पत्रकारहरुको साथ समर्थन र सहयोग रहदै आएको छ ।