arrow

रोहिंग्याको विषयमा अनुसन्धान गर्ने पत्रकारलाई म्यानमारमा ७ वर्षको जेल 

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
manmyar.jpg

काठमाडौं । म्यानमारको अदालतले समाचार संस्था रोएटर्सका दुई पत्रकारहरुलाई सात वर्षको जेल सजाय सुनाएको छ । रोएटर्सका वा लोन र क्या सिओलाई आधिकारिक विवरणहरुको अनधिकृत प्रयोग गरेको भन्दै सो सजाय सुनाइएको हो । 

पत्रकारहरुले भने आफूहरुले प्रहरीले दिएको विवरणको आधारमा अनुसन्धान गरिरहेको र कुनै पनि गलत काम नगरेको बताएका छन् । उनीहरुले अघिल्लो वर्ष म्यानमारको रखाइनमा भड्किएको रोहिंग्यामाथिको हिंसाको विषयमा अनुसन्धान गरिरहेका थिए । 

म्यानमारको अदालतले यस किसिमको फैसलासँगै रोएटर्सका प्रधान सम्पादकले आजको दिन म्यानमार, आफ्ना दुई पत्रकार र सम्पूर्ण सञ्चारक्षेत्रको लागि खराब दिन रहेको प्रतिक्रिया दिए । 

समाचारमा बताइएअनुसार उनीहरुलाई सन् २०१७ को डिसेम्बर महिनामा पक्राउ गरिएको थियो । जतिबेला उनीहरु रखाइन क्षेत्रमा मारिएका रोहिंग्याहरुको विषयमा अनुसन्धान गरिरहेका थिए ।

केही दिनअघि मात्र संयुक्त राष्ट्रसंघले म्यानमारका सैन्य प्रमुखलाई नरसंहारको मुद्दा लगाइनुपर्ने बताएको थियो । अघिल्लो वर्ष अगष्टमा भड्किएको यो हिंसापछि म्यानमारका सात लाखभन्दा बढी रोहिंग्याहरु भागेर बंगलादेश आएका थिए । 

पत्रकारहरुले अदालतमा दिएको बयानअनुसार म्यानमारका प्रहरीहरुले उनीहरुलाई एक पत्र जबरर्जस्ती थमाएको थियो । सोही पत्रको आधारमा यो सजाय तोकिएको हो । पत्रकारहरुले आफूहरुले म्यानमारको मिडिया नियमको पूर्ण पालना गरेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ