arrow

प्रेस युनियन स्याङ्जाको आठौं जिल्ला अधिबेशन असोज २० मा हुने

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
Press-Union.jpg.jpeg.jpeg

स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जाको दशौं साधारणसभा एवम् आठौं जिल्ला अधिबेशन असोज २० गते स्याङ्जामा हुने भएको छ ।

युनियनको सोमबार स्याङ्जा सदरमुकाममा बसेको जिल्ला कार्यसमितिको बैठकले असोज २० गते साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले अधिबेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गर्नुकासाथै सदस्यता नविकरण, प्रतिभा छनौट उपसमिति गठन गरेको छ ।

बैठकले प्रेस युनियनका जिल्ला उपाध्यक्ष रेशमलाल कोईरालाको संयोजकत्वमा मञ्च ब्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, सचिव तोलाकान्त बगालेको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कोषाध्यक्ष विष्णु अधिकारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको छ भने प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देलको संयोजकत्वमा प्रतिभा छनौट उपसमिति गठन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ