arrow

जारा कारागारबाट ४ सय बन्दी फरार

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
libya-jail.jpg

त्रिपोली। लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन्। सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्। 

“ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्.,” न्यायिक प्रहरी विभागका एक अधिकारीले भने। उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएका थिए।

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरुलाई हटाएर भागेका हुन्। उनीहरुको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन्। जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ। घटनास्थल दक्षिणी त्रिपोलीमा पर्दछ। प्रत्यक्षदर्शीहरूले आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन्।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने एक सय २३ जना घाइते भएका छन्। ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ