arrow

दक्षिण कोरियाको निर्यात नयाँ उचाइमा, ६ खर्ब डलर नाघ्ने अनुमान

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
south-korea-export.jpg

एजेन्सी। दक्षिण कोरियाको निर्यात सन् २०१८ को जनवरीदेखि अगष्टसम्मको अवधिमा अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको विवरण सार्वजनिक भएको छ। स्थानीय चिप्स तथा तेलहन उत्पादनहरुको माग अत्यधिक रहेको देखिएसँगै दक्षिण कोरियाको निर्यात व्यापारमा उल्लेख्य सुधार आएको पाइएको छ। 

दक्षिण कोरियाको निर्यातमा सो अवधिमा चारपटक ५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखिएको छ। शनिबार सार्वजनिक भएको विवरणअनुसार अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा निर्यातले ओगट्ने गरेको मुलुकले सन् २०१८ को सुरुवाती आठ महिनामा करिब चार खर्ब डलरबराबरको सामग्रीहरु निर्यात गरेको हो। यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव ६ प्रतिशतले बढी हो।

दक्षिण कोरियाको व्यापार उद्योग तथा ऊर्जा मन्त्रालयको विवरणअनुसार सन् २०१८ को सुरुवाती आठ महिनामा मुलुकको निर्यातको क्षेत्रमा व्यापक सुधार आएको हो। 

आठ महिनाको अवधिमा दक्षिण कोरियाले हासिल गरेको यो सबैभन्दा उच्च प्रतिफल हो। अहिलेको अवस्था अबको चार महिनासम्म पनि जारी रहे  दक्षिण कोरियाको वार्षिक निर्यात पहिलोपटक छ खर्ब डलर नाघ्नसक्ने देखिएको छ।

अगष्ट महिनामा मात्र पनि दक्षिण कोरियाको निर्यात ५१ अर्ब २० करोड डलरको रहेको थियो। यो परिणाम वार्षिक हिसाबमा आठ दशमलव ७ प्रतिशतको वृद्धिको हो। अगष्ट महिनामा देखिएको यो प्रगतिसँगै दक्षिण कोरियाको निर्यात लगातार चार महिनामा ५० अर्ब डलर पार भएको हो।

आयात व्यापारमा पनि अगष्ट महिनामा उल्लेख्य वृद्धि भएको छ। यससँगै अगष्ट महिनामा उसको समग्र निर्यात ४४ अर्ब ३० करोड डलरमा पुगेको हो। यससँगै उसको समग्र व्यापारनाफा छ अर्ब ९० करोड डलरमा पुगेको पाइएको हो। दक्षिण कोरियाको चीन, अमेरिकालगायतका मुलुकहरुमा देखिएको अत्यधिक वृद्धिका कारण समग्र निर्यात व्यापारमा सुधार आएको पाइएको हो।

प्रमुख निर्यातका सामग्रीहरुको मूल्यमा पनि वृद्धि भएको समग्र निर्यातको मूल्य उच्च विन्दुमा रहनपुगेको हो। अगष्ट महिनामा दक्षिण कोरियाको तेलका उत्पादनहरुको निर्यात ४६ दशमलव ३ प्रतिशतले बढेको छ। यो क्षेत्रको निर्यात लगातार १० महिनामा तीन अर्ब डलर नाघेको छ। त्यसका साथै अर्धधातु तथा अन्य चिप्सहरुको निर्यातमा पनि महत्वपूर्ण सुधार आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ