arrow

अफ्रिकालाई दिएको ऋण गैर–राजनीतिक : चीन

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
xi_jingping.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले अफ्रिकी मुलुकहरुलाई ६० अर्ब अमेरिकी डलरबराबरको  ऋण सहयोग दिने बताएका छन् । उनले अफ्रिकी मुलुकहरुलाई ऋणको घोषणा गर्दै यो कोष अफ्रिकी मुलुकहरुको विस्तारको लागि निकै महत्वपूर्ण हुने बताए । 

चिनियाँ राष्ट्रपतिले यो सहयोगको अफ्रिकी मुलुकहरुलाई स्थिर तथा सही दिशामा लैजाने विश्वास व्यक्त गरे । उनले ऋणको माध्यमबाट कमजोर मुलुकहरुलाई फसाइरहेको भन्ने आरोपको पनि खण्डन गरे । अफ्रिकी मुलुकहरुमा लगानीको पछाडि कुनै पनि राजनीतिक उद्देश्य नरहेको स्पष्ट पारे । 

तीन वर्षअघि दक्षिण अफ्रिकामा एक सम्मेलनमा पनि चीनले ६० अर्ब अमेरिकी डलरको सहयोगको घोषणा गरेको थियो । बेइजिङमा भएको एक सम्मेलनमा पनि चिनियाँ राष्ट्रपति सिले सहयोगको घोषणा गरेका हुन् । 

सिले अहिले प्रदान गर्न लागिएको ६० अर्ब डलरको सहयोगमा १५ अर्ब डलर विना कुनै ब्याज दिन लागिएको बताए । यो सहयोगको विकासको लागि रहेको उनले दाबी गरे । सहयोगको एक हिस्सा चीन र अफ्रिकी मुलुकहरुको बीचमा राम्रो सम्बन्ध कायम गर्नका लागि प्रयोग गरिने र ५ अर्ब डलर बराबरको रकम अफ्रिकी उत्पादनको आयातमा खर्च गरिने बताइएको छ । 

सिले अहिले विकासको मामिलामा पछि परेको अफ्रिकालाई अघि ल्याउनका लागि विना कुनै व्याज ऋण दिनु जरुरी रहेको बताए । पछिल्लो समय चीनको ऋणमा साना मुलुकहरु डुब्ने खतरा रहेको र ऋणको माध्यमबाट उक्त मुलुकहरुमा चीन आफ्नो कब्जा जमाउने कोसिसमा रहेको भन्दै चीनको आलोचना भइरहेको अवस्थामा चीनको यो लगानीको योजना सार्वजनिक हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ