arrow

टाटा मोटर्सको व्यापारमा २७ प्रतिशतको वृद्धि, साना सवारीमा अाकर्षण

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
tata.png

काठमाडौं । भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सको व्यापारमा अगष्ट महिनामा २७ प्रतिशतको वृद्धि भएको छ । क्रम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अगष्ट महिनामा उसले ५८२६२ सवारीहरु बिक्री गरेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा टाटाले ४५९०६ सवारीहरु मात्र बिक्री गरेको थियो । कम्पनीका व्यावसायिक सवारी साधनको व्यापारमा भने कम्पनीले २६ प्रतिशतको वृद्धिदरको नतिजा हासिल गरेको छ । सो महिनामा उसले ३९८५९ व्यावसायिक सवारीसाधनहरु बिक्री गरेको हो । 

टाटा मोटर्सको विवरणअनुसार अगष्ट महिनामा उसका मध्यम तथा ठुला सवारीहरुको व्यापारमा १६ प्रतिशतको वृद्धिदर हासिल भएको हो । साथै वार्षिक हिसाबमा यात्रुवाहक सवारीहरुको व्यापारमा भने २८ प्रतिशतको वृद्धिदर हासिल भएको छ । 


सो एक महिनाको अवधिमा टाटा मोटर्सको निर्यातमा पनि ७८ प्रतिशतको वृद्धिहर हासिल भएको छ । यो महिनामा उसले ५४७८ सवारीहरु निर्यात गरेको हो ।  

यो नतिजा सार्वजनिक भएसँगै कम्पनीको सोमबारको सेयर बजारमा पनि २ प्रतिशतको महत्वपूर्ण सुधार आएको छ । पछिल्लो एक महिनामा कम्पनीको सेयरमा ३ प्रतिशतको वृद्धि भएकोमा अन्तिम तीन दिनमा उसको सेयरमा ४ प्रतिशतको वृद्धिदर हासिल भएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ