arrow

जापानमा शक्तिशाली समुद्री अाँधी, उद्धारको पर्खाइमा १० लाख मानिसहरु

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
japan5.jpg

काठमाडौं । जापानको पश्चिमी भागमा शक्तिशाली समुद्री अाँधीको कारण जनजीवन प्रभावित भएको छ । अत्यधिक वर्षापछि सो क्षेत्रमा तुफान आएको हो । 

जापानको सरकारले तुफान आएसँगै १० लाख मानिसहरुलाई उद्धारको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  साथै सयौं उडानहरु रद्द भएका छन् । जेवी नामकाे यो तुफान जापानमा निकै शक्तिशाली तुफान रहेको बताइएको छ । 

यसै वर्ष पनि जापानमा सो तुफान आउँदा सयौं मानिसहरुको ज्यान गएको थियो । स्थानीय टेलिभिजनले जापानको ओसाकामा रहेको धावनमार्ग सबै बाढीले ढाकेको कारण उडानहरु रद्द भएको जानकारी दिएको छ । 

जापानको शिकोकुमा अहिले पनि निकै तीव्र गतिमा आँधी आइरहेको र आँधी बढ्नसक्ने बताइएको छ । ठुलो आँधीको कारण आफ्नो भवनहरु पनि भत्किएको स्थानीयहरुले बताएका छन् । 

जापानको पर्यटकीय सहरस क्योटोमा एक घण्टामा १०० मिलिलिटर वर्षा भएको छ । केही क्षेत्रहरुमा आगामी २४ घण्टासम्ममा २०० मिलिलिटर वर्षा हुनसक्ने अनुमान गरिएको छ । तुफानको कारण केही स्थानमा पहिलो गएको छ भने केहीको छानो उडाएको छ । साथै केही स्थानमा करिब २६०० टनको ट्रक नै उडाएको छ । 

जापानको टोकियो र हिरोसिमाबीचको बुलेट रेल पनि तुफानको कारण रोकिएको छ । जापानको राजधानी सहर टोकियो भने सो समुद्री आँधीभन्दा निकै टाढा रहेको कारण कुनै खतरा नरहेको बताइएको छ तर मंगलबार बेलुकासम्म टोकियोमा पनि भारी वर्षा हुने र ठुलो आँधी आउनसक्ने बताइएको छ । 

गत जुलाई महिनामा जेवीमा परेको अत्यधिक वर्षा र बाढीको कारण २ सयभन्दा बढीले ज्यान गुमाएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ