arrow

बाढीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ सुनेर सांसद हाँसेर ‘डल्लो’ परे

‘यी खोला सरकारले ६ महिनामा ल्याएको होइन, एकीकृत बस्तीको कुरा स्वस्थानी व्रतकथाको जादू होइन’

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
oli_hanso.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको जनचासो तथा समस्याका विषयमा ठट्यौलो जवाफ दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले बाढी, पहिरोपीडितबारे कुरा उठाएका थिए । तर, प्रधानन्त्रीले मन्तव्यको अन्तिममा विषय छोए जस्तो गरे । ठट्टामै जवाफ दिए । उनको जवाफ सुनेर सांसदहरु हाँसेर डल्लो परे । 

उनले भने, ‘बाढीको कुरा जो छ । हो, खोला नियन्त्रण गर्न सकिएको छैन । यी खोलाहरु यो सरकारले ६ महिनामा ल्याएको पनि होईन । अहिले भएको पनि होईन । हामी प्रयास गर्दैछौँ ।’ नदी नियन्त्रण होस् । नदी नियन्त्रण गरौँ । ओलीले यत्ति भन्दा सांसदहरु हाँसेर डल्लो परे । 

ओली अगाडि भन्दै गए । जन्ताले दुःख नपाउन् भनेरअहिले हामी उद्धारका कामहरु, राहतका कामहरुमा केन्द्रीत भएका छौँ । म माननीय ज्यूहरुलाई भन्न चाहन्छु, ओलीले भने, ‘सरकार अत्यन्त संवेदनशील छ । नेपाली जनताका कठिनाईप्रति, दुःखहरुप्रति, भएका क्षतिहरुप्रति ।’ त्यसकारण हामी अत्यन्तै जिम्मेवारीपनका साथ जनतालाई राहत दिने र उद्धार गर्ने काममा लागेको छौँ ।  

उनले अगाडि भनेका छन्, ‘मैले भनेको छु अर्को कुरा । असुरक्षित बस्तीहरुलाई सुरक्षित र एकीकृत बस्तीमा परिणत गर्ने योजनातर्फ सरकार जाँदैछ ।’ तर, त्यो स्वस्थानी व्रतकथाको जादू होइन । यस्सो.... (हाउभाउसहित)... खोलेर हेर्दा महल तयार हुने । यो त हामीले गर्नुपर्छ, उनले भने । गर्ने उद्देश्यका साथ हामी अघि बढिरहेका छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ