arrow

ओखलढुंगाको च्यानममा एक व्यक्ति मृत फेला

logo
जीवन शर्मा,
प्रकाशित २०७५ भदौ १९ मंगलबार
okhaldhunga.png

ओखलढुंगा । ओखलढुंगाको सुनकेशी गाउँपालीकाके च्यानममा मंगलबार विहान एक व्यक्ति मृत फेला परेका छन् । सुनकोशी गाउँपालिका वाड नं ८ का करिब ४० वर्षिय कृष्ण बहादुर दर्जी मृत भेटिएका हुन् ।

घर नजिकैको भालदिप स्थित छिमेकी सुसिला श्रेष्ठको घरमा दर्जीलाई स्थानियले मृत अवस्थामा भेटेका थिए । मदिरा सेवन गरी श्रेष्ठको घरको बार्तलीमा सुतेका नेपालीको राती भुईमा झरेर मृत्यु भएको हुन सक्ने स्थानिको अनुमान छ ।

 सोमबार सदरमुकाम अखलढुंगाबाट घर फर्केका दर्जी अत्याधिक मदीरा सेवन गरी फर्केका र गाउँमा पुगेपछि पनि मदीरा सेवन गरेको कारण मृत्यु भएको आशंका गरीएको र थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलयमा खबर गरिएको सुनकोशी गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले बताए ।

मृतकको लास पोष्टमाटमका लागी लगीएको र घटनाका बिषयमा अनुसन्धान भई रहेकोे जिल्ला प्रहरी कार्यालय अखलढुंगाका डिएसपी अनन्त शर्माले बताए   ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ