arrow

कर्मचारी छनौटमा मनोमानी

logo
जीवन शर्मा,
प्रकाशित २०७५ भदौ १९ मंगलबार
school-okhal.JPG

ओखलढुंगा ।  सिद्धिचरण नगरपालिका वडा नं. ५ मा रहेको राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कर्मचारी छनोट प्रकृया मनोमानी भएको छ । कर्मचारी छनौटमा अपारदर्शी भएको भन्दै अभिभावक र परीक्षर्थीले स्थगित गर्न स्थानीयले माग गरेका छन् । विद्यालय व्यवस्थापन समितिले यस अघि गरेको निर्णय विपरित परीक्षा सञ्चालन गरेर आफ्नो मान्छेलाई जागिर दिन लागिएको आरोप लगाउँदै परिक्षा स्थगनको माग गरेका हुन् ।

विद्यालयमै परीक्षा सञ्चालन गर्ने, लिखित र मौखिख परीक्षा पचास–पचास प्रतिशत अंकका आधारमा गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय विपरित प्रयोगात्मक २५ प्रतिशत अंकका आधारमा स्रोत केन्द्रमा गराउने तयारी भएपछि सिद्धिचरण नगरपालिकाको शिक्षा शाखा र शिक्षिा विकास तथा समन्वय इकाइ ओखलढुंगामा अभिभावक भेलाको निर्णय सहित उजुरी दर्ता गरेका हुन् ।

परीक्षार्थीको योग्यता हेरिसकेपछि पाठ्यक्रम तय गरेर आफ्ना व्यक्ति राख्ने उद्देश्यले मापदण्ड परिवर्तन गरिएपछि अभिभावले आन्दोलन गर्नु परेको स्थानीय पोकल दाहालले बताए । ‘अभिभावले पारदर्शी रुपमा परीक्षा गरेर योग्य कर्मचारी राख्न माग गरेका हुन्, अध्यक्ष, स्रोत व्यक्ति लगायतले जवरजस्ती गर्न लागेकाले विरोध गरिएको हो’ दाहालले भने ।

परिक्षामा सहभागी हुन आवेदन दिएकामध्ये अभिभाव र जीवनाथ दाहाल, शम्भुप्रसाद दाहाल र विमला घिमिरे दाहालले शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी गरेर परीक्षा स्थगित गर्न माग गरेका हुन् । परीक्षा संचालनमा देखिएको विरोधका बारेमा स्रोत व्यक्ति गोपिकृष्ण गौतमले अभिभावकहरुले जवसजस्ती गर्न खोजेकाले सुरक्षाका कारण परिक्षा केन्द्र सारिएको बताए । ‘होहल्ला गर्ने, अवरोध गर्ने अवस्था आउने र विद्यालयमा परिक्षा सञ्चालन गर्न कम्युटर लगायतका सुविधान नै नभएकाले अन्यत्र लगिएको हो, तीन जनाले सहभागी नजनाउने भने पनि परीक्षा हुन्छ’ गौतमले भने ।

अभिभावकको विरोधकै विचमा परीक्षा समिति र शिक्षाका प्रतनिधीले परीक्षा संचालन गर्ने तयारी गरेका छन् । उजुरीका सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापन समितिलाई दिएको निवेदन बोदार्थ मात्रै आएको बताए । शिक्षाको प्रतिनिधी खटाइएकाले परीक्षा सञ्चालन हुने जानकरी आएको उनको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ