प्रम ओली र प्रचण्डबीच पार्टीको तल्ला तहको एकता बारे बालुवाटारमा छलफल
प्रकाशित २०७५ भदौ १९ मंगलबार
212
Shares
काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पुर्याउने विषयमा विचारविमर्श भएको थियो।
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन्। तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन। यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको बुझिएको छ। रासस