arrow

अमेरिका–भारतः कमजोर भयो सम्बन्धको डोरी, प्रतिबन्धको खतरा

अमेरिकालाई आफूसँगको रणनीतिक सम्बन्धको बारेमा भारतको सम्झाउने प्रयास

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार

एजेन्सी। कुनै समय परम मित्रका रुपमा रहका अमेरिका तथा भारतबीच पछिल्लो समय सम्वन्धका हलचल मच्चिन सुरु भएको छ। इरानसँगको तेल आयात र रुससँगको ६ अर्ब डलर बराबर रक्षा सम्बन्धको विषयलाई लिएर यी दुई मुलुकबीच पछिल्ला समय सम्वन्ध चिसिएका जस्तो सुनिने र देखिने अभिव्यक्ति आउने गरेका छन्। खासगरि अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको अभिव्यक्ति सम्वन्धलाई झस्काउने खालको छ।  

यही सम्बन्धमा आँच आउँदै गर्दा पछिल्ला समय दुई मुलुकहरु २+२ डायलग गर्नुपर्न स्थितीमा पुगेका छन्। रूससँग एस ४०० मिसाइल डिफेन्स सिस्टमको खरीद पछि अमेरिकी प्रतिबन्धको समेत खतरामा रहेको भारतले पछिल्लो समय सम्बन्धमा आँच आएपछि अमेरिकालाई आफूसँगको रणनीतिक सम्बन्धको बारेमा याद दिलाएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।

अमेरिकासँग सम्बन्ध चिसिएपछि दुबै मुलुक आगामी विहीबारको लागि २‌‌+२ डायलगको तयारीमा रहेका छन्। भारतले भनेको छ कि तेल आयातमाथि अमेरिकाको दबाबमा काम गर्न भारत बाध्य छैन। 

उक्त वार्तामा अमेरिकाका विदेश मन्त्री माइक पम्पियो, रक्षा मन्त्री जिम मैटिस तथा भारतमा उनकी समकक्षी सुषमा स्वराज तथा निर्मला सीतारमणका बीच रणनीतिक रूपमा वार्ता हुनेछ। यस वार्ताको क्रममा अमेरिकाले रणनीतिक सम्बन्धलाई नभुल्ने विश्वास पनि भारतको छ।

यह बहुप्रतिक्षित वार्ता तब हुन गइरहेको छ जब भारतमाथि अमेरिकी प्रतिबन्धको खतरा बढी भइरहेको छ। यही खतरा ईरानका साथ तेल आयात तथा रूसका साथ ६ अरब डलरको रक्षा सम्झौतालाई लिएर अघि बढेको छ। यो दुईटै मुद्धा दुई पक्षीय वार्ताको महत्वपूर्ण मुद्धा हुनेछन। 

सप्टेम्बर ६ अर्थात् बिहीबार हुन लागेको यो विशेष बैठकमा मूलभूत ३ विषयमा छलफल हुँदैछ। ईरानसँगको तेल आयातसँग जोडिएका ३ विषयमा छलफल हुने भारतीय सरकारी सूत्रले जनाएको छ।

सम्झौता भएमा भारतलाई हुनसक्छ फाइदा
यसरी सम्बन्धमा सुधार गर्नको लागि हुनलागेको वार्तामा के विषयले वढी चर्चा पाउला भन्ने पनि चर्चाकै विषय बनेको छ। यदी भारतले सोचे अनुसार अमरिकाले सम्झौता गर्न मान्यो भने त्यो अवस्थामा भारतलाई फाइदा हुने विश्लेषण भारतीय पक्षको छ।

भारतीय पक्षका अनुसार दुईदेशबीच कम्तिमा पनि सिद्धान्ततः इन्क्रिप्टेड सिक्योर कम्युनिकेशन टेक्ननोलोजी सम्बन्धी सम्झौताको घोषणा हुन सक्ने छ। 

के हो यो वार्ताः

विदेश नीतिको सम्बन्धमा २+२ वार्ता यस्तो वार्ता हो जहाँ दुई देशका दुई दुई मन्त्री वार्तामा शामिल हुन्छन्। सामान्यतया यस्तो वार्तामा दुर्इ देशका तर्फबाट विदेश तथा रक्षा मन्त्री हिस्सा लिने चलन हुने गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ