arrow

मागेको रकम नदिदा दुस्प्रचार गरेको अछाम ढकारी गाउँपालिकाको आरोप

logo
सुशील भण्डारी।
प्रकाशित २०७५ भदौ २० बुधबार
achham_new.png

अछाम। माग गरिए अनुसार रकम प्राप्त नभएपछि आफूहरु विरुद्ध संगठित दुस्प्रचार भएको ढकारी गाउँपालिकाले जनाएको छ। गाउँपालिका बिरुद्ध प्रकाशन र प्रसारण भएका समाचारहरु तथ्यहिन र  भ्रामक भएको भन्दै त्यस्ता संञ्चार माध्यामका बिरुद्ध कानुनी प्रकृयामा अघि बढ्ने ढकारी गाउँपालीकाले तयारी गरेको सोमबार मंगलसेनमा पत्रकार सम्मेलन गर्दै गाउपालीकाका अध्यक्ष धन बहादुर बुढाले जानकारी गराए।

आफ्नो र कर्मचारीको चरित्र हत्या गर्दै तथ्यहिन र भ्रामक समाचार प्रकाशन र प्रसारण गर्ने संञ्चार माध्याम र पत्रकारका बिरुद्ध कानुनी उपचार खोज्ने निर्णय गाउपालीकाको बैठकले गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए। ‘भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने पक्षले कानुनि प्रक्रियामा जाने पक्का भइसकेपछि समझदारी गर्न दबाब दिएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाले भने ,‘ कार्यपालिकाकोे आकस्मिक बसेको बैठकले कुनै पनि हालतमा पछि नसर्ने र कानुनी पक्रिया अनुसार अघि बढ्ने निर्णय भएको छ ।’

अध्यक्ष बुढाले आफ्नो गाउपालिकाले गरेका विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमनका लागि आम सञ्चार माध्यमलाई आग्रह गरे। पत्रकारिता संवेदनशिल र मर्यादित पेशा भएकाले आफु जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष बुढाले जिल्ला स्थित रेडियो रामारोशन एफएम, कैलास पोष्ट, चौरपाटी साप्ताहीक र जन आस्थामा प्रकाशन र प्रशारण भएको सबै कुरा झुटो भएकाले आफूहरु त्यस बिरुद्ध अदालत जान लागेको बताए।

पत्रकार सम्मेलनमा उनले एफएमका नाममा करिब १४ लाख बढी रकम माग गरिएको र सो रकम नदिएका कारण गलत प्रचार गरिएको बताए। त्यस क्रममा उनले रकम माग गरिएका कागजात पनि सार्वजनिक गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ