arrow

दुई समुदायबीच भड्किएको हिंसामा १९ को मृत्यु

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
naigeria.png

काठमाडौं । मध्य नाइजेरियामा दुई समुदायहरुको बीचमा भएको हिंसामा परी १९ जना मानिसहरुको ज्यान गएको छ । हिंसाको क्रममा धेरै घरहरु जलाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ । किसान र गोठालाहरुको बीचमा लामो समयदेखि चल्दै संघर्षको क्रममा उनीहरुको ज्यान गएको हो । 

केही सातादेखि शान्त रहेको यो हिंसा पुनः भड्किएको हो । सोमबार ११ जना मानिसहरुमाथि गोली चलाइएको थियो भने हिंसाको क्रममा अन्य ८ जना मानिसहरुको ज्यान गएको थियो । नाइजेरियाको लोपांदेत द्वेई दू इलाकामा यस किसिमको हिंसा भड्किएको हो ।

प्रहरी प्रवत्ताले दिएको जानकारीअनुसार यो हिंसामा थप १२ जना मानिसहरु घाइते भएका छन् । साथै ९५ घरहरु जलाइएका छन् । यो क्षेत्रमा स्थानीय किसान र फिरन्ते गोठालाहरुको बीचमा जमिन र पानीको विषयमा लामो समयदेखि संघर्ष चल्दै आएको छ । व्यापकरुपमा यो विषयमा जातीय, राजनीतिक र धार्मिक रुप लिएको छ । 

गत जुन महिनामा पनि भड्किएको सो हिंसामा परी २०० भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । गत वर्ष पनि यो क्षेत्रमा भएको हिंसामा करिब १५०० मानिसहरुको ज्यान गएको थियो । राज्यका गभर्नर साइमन लालोंगले यो घटनाको भत्र्सना गरेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ