arrow

धनकुटाका कांग्रेस नेता नारद कुमार घिसिङको निधन, चारतारे झण्डा ओढाएर अन्तिम सम्मान

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
narad-ghising.jpg

धनकुटा। नेपाली कांग्रेस धनकुटाका  क्षेत्र नं. २ का पूर्व क्षेत्रिय उपसभापति तथा नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य स्वर्गीय नारद कुमार घिसिङलाई धनकुटाको उत्तरपानीमा चारतारे झण्डा ओढाइ अन्त्यष्टि गरिएको छ।

गएराती निधन हुनु भएका घिसिङको पार्थिव शरीरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाली कांग्रेसका नेता विश्व प्रकाश श्रेष्ठ, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,विष्णु पौडेल,भूपेन्द्र भण्डारी,रुकमान तामांग,महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल,नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष महानन्द पोखरेल लगायतले चारतारे झण्डा ओढाई सम्मान पूर्वक अन्तिम श्रद्धाञ्जली दिएका थिए।

नेपाली कांग्रेस चुङवाङ्गका सभापति कृष्ण कट्टेल, तेलियाका सभापति मेघराज खतिवडा,पाख्रिवास नपा वडा  नं. ४ का  सभापति श्याम कुमार राई, धनकुटा वडा नं. १ का सभापति समशेर गोङ्वा,वडा नं. ९ का सभापति दामोदर सुवेदी,नेपाल तरुण दल धनकुटका जिल्ला सदस्य यम कुमार श्रेष्ठ,नेपाली कांग्रेस धनकुटा नगर सदस्य राम तामाङ्ग,नेपाली कांग्रेस धनकुटाका धन वहादुर मोक्तान,विष्णु बमजन,भक्त गुरुङ्ग,किरण श्रेष्ठ लगायतले चार तारे झण्डा ओढाउदै पूर्व क्षेत्रिय उपसभापति स्वर्गीय घिसिङ्ग प्रति सम्मान व्यक्त गरेका थिए ।

नेपाल तामाङ्ग घेदुङ्ग संघ का केन्द्रिय सदस्य लालचन्द्र गोङ्वा,जिल्ला सचिव सन्तवीर लामाले समेत घेदुङ्गको झण्डा ओढाएर नेपाल तमाङ्ग घेदुङ्ग संघ धनकुटाका पूर्व उपाध्यक्ष स्वर्गीय नारद कुमार घिसिङ्ग प्रति सम्मान व्यक्त गर्नु भएको थियो । नेपाल आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई ,पाख्रिवास नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चन्द्रलाल घिसिङ्ग,धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष कमल कार्की लगायत जनप्रतिनिधिहरु,आफन्त तथा मलामीजनले समेत समाजसेवी तथा धनकुटा कांग्रेस नेता स्वर्गीय घिसिङ्गको सवमा फुलमाला लगाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।

स्वर्गीय नारद कुमार घिसिङको एक श्रीमती र  जेष्ठ सुपुत्र नेपाली कांग्रेसका यूवा नेता सुनसरी जिल्ला कार्य समितिका सदस्य माधव घिसिङ्ग सहित पाच जना छोराहरु छन्।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त घिसिङको गए राती निधन भएको हो। नेपाली कांग्रेस धनकुटाले उहाको सम्मानमा एक दिन पार्टी कार्यालयमा झण्डा झुकाएर पार्टी कार्यालय समेत बन्द गर्ने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ