arrow

चीनले अर्थतन्त्रमा अमेरिकालाई जितेपछि के होला ?

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
china2.png

काठमाडौं । चीन विश्वमा अमेरिकापछि सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक हो । बजार विश्लेषकहरुको अनुमान तथा आँकलनलाई हेर्ने हो भने चीन अबको केही समयपछि विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक बन्नसक्ने देखिन्छ । अमेरिकालाई चीनले अर्थतन्त्रमा जितेपछि के होला ? 

अमेरिकको अर्थतन्त्र चीनको भन्दा केही छिटो विस्तार हुनेछ । के यस्तो होला र ? यो एक अनुमान हो । ओईसीडीले सन् २०६० सम्मका लागि सार्वजनिक गरेको विवरणमा यस किसिमको नतिजा देखिएको हो । अन्य विकासको कुरा गर्ने हो भने सन् २०३० मा विश्वको समग्र उत्पादनमा चीनको हिस्सा सबैभन्दा बढी रहनेछ र त्यसपछि भने चीन केही कमजोर बन्नेछ जबकी भारतको उत्पादनको हिस्सा लगातारको विस्तारको क्रममा हुनेछ । इन्डोनेसियाको अर्थतन्त्र पनि जनसंख्याको आधारमा एकैनासको विस्तारमा रहनेछ । 

अमेरिकाको अर्थतन्त्रमा कुनै किसिमको चमत्कार नभएको अवस्थामा चीनले अमेरिकालाई उछिन्ने स्पष्ट देखिन्छ । यद्यपि अमेरिकालाई अर्थतन्त्रमा उछिनेपछि भने चीनको अर्थतन्त्र समस्यामा पर्नसक्ने देखिन्छ । चीनको एक सन्तान नीतिको कारण त्यतिबेलासम्म चीनको जनसंख्याको धेरै हिस्सा बुढो भइसकेका मानिसहरुको रहनेछ । यसले चीनको उत्पादनको क्षेत्र कमजोर बन्न पुग्ने देखिन्छ । यस किसिमको समस्या अमेरिकामा पनि देखिनसक्छ तर उसलाई चीनलाई जत्तिको नोक्सानी भने हुँदैन । 

अहिले सार्वजनिक भएको विवरणले सन् २०३० देखि २०६० सम्मको अनुमान गरेको छ । यो अवधिमा अमेरिकाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा औसतमा २ प्रतिशतभन्दा केही कमजोर वृद्धिदर हासिल हुनेछ । यो पछिल्लो एक दशकको नतिजासँग मिल्दो छ । चीनको अर्थतन्त्रमा सोही अवधिमा औसतमा १.८ प्रतिशतको वृद्धिदर हासिल हुनसक्ने देखिन्छ । जुन पछिल्लो एक दशकको तुलनामा निकै कमजोर हो । 

यो विवरणले त्यसपछि के होला भन्ने आशंका बढाएको छ । अहिले चीनको अर्थतन्त्र एकैनासले महत्वपूर्ण सुधारको क्रममा रहेको छ । अहिलेको अवस्था जारी रहेको खण्डमा उसले सन् २०३० को हाराहारीमा अमेरिकालाई अर्थतन्त्रमा पछि पार्नसक्ने देखिन्छ । अहिलेसम्म धेरै विवरणहरुले पनि यही अवस्थालाई देखाउँदै आएका छन् तर त्यसपछि भने पुनः बजारको रुप अर्कै किसिमको हुनसक्ने देखिन्छ । त्यसपछि चीनको आर्थिक सुधारको गतिमा निकै सुस्त हुनेछ । यस विषयमा भने अहिलेसम्म खासै चर्चा भएको थिएन । 

अहिले चीनको आर्थिक सुधारलाई हेर्दा सहजै उसले महत्वपूर्ण सफलता हासिल गर्नसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि उसको नियति जापानको जस्तो नहोला भन्न सकिँदैन । यसअघि जापानले अमेरिकालाई अर्थतन्त्रमा जित्नसक्ने भन्दै व्यापक चर्चा भएको थियो तर जापान त्यसपछि ठुलो आर्थिक समस्यामा पर्‍यो र उसको अर्थतन्त्र थप कमजोर बन्न पुग्यो । 

ओईसीडीको विवरणले एसियाको अर्थतन्त्र अहिले उकालो लाग्ने अवस्थामा रहेको देखाएको छ । अहिले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकहरु एसियामा रहेका छन् । चीन र भारतको अर्थतन्त्रमा व्यापक सुधार आइरहँदा इन्डोनेसियाको अर्थतन्त्र पनि महत्वपूर्ण सुधार हासिल गर्ने क्रममा रहेको छ । यो अवस्थामा उत्तर अमेरिकाको आर्थिक सुधार एसियातर्फ सरेको देखिएको हो । 

यो अमेरिकाको लागि शक्तिहीन हुने समय भने पक्कै पनि होइन । त्यसपछि पनि विश्व बजारमा अमेरिकाको महत्वपूर्ण प्रभाव कायम रहनेछ । जीडीपीबाहेकको अन्य शक्ति अमेरिकाको हातमा नै रहनेछ । अहिले पनि विश्व अर्थव्यवस्था एक मुद्रा(अमेरिकी डलर) र एक केन्द्रीय बैंक (फेडेरल रिजर्व)को आधारमा चलिरहेको छ । 

सन् २०६० सम्मको अवधिमा निकै लामो समय हो । त्यतिबेलासम्म विश्व अर्थतन्त्र प्रमुख चार शक्तिको आधारमा नचल्न पनि सक्छ । त्यतिबेलासम्म विश्व अर्थतन्त्रलाई नियन्त्रणमा राख्नसक्ने अर्को सुपर कम्पनीको आगमन पनि हुनसक्छ । (ब्लमवर्गबाट भावानुवादित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ