arrow

अभ्यासको कमीले विश्वका एक चौथाइ मानिसहरु जोखिममा : डब्ल्यूएचओ

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
who.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका एक चौथाई मानिसहरुले आवश्यक मात्रामा शारीरिक अभ्यास नगर्ने गरेको बताएको छ । विश्वका एक अर्ब ४० करोड मानिसहरुले आवश्यक मात्रामा शारीरिक अभ्यास नगरेको विवरणमा उल्लेख गरिएको हो ।
 
सन् २००१ यता मानिसको शारीरिक अभ्यासमा खासै सुधार आउन नसकेको सो विवरणमा बताइएको छ । डब्ल्यूएचओले शरीरिक अभ्यासको कमीले मानिसहरुमा मुटुको रोग, सुगर तथा केही क्यान्सरहरु लाग्ने खतरा रहेको बताएको छ । बेलायतलगायतका धेरै आम्दानी भएका मुलुकहरुका मानिसहरु कम सक्रिय रहेको पाइएको हो । 

डब्ल्यूएचओका अनुसन्धानकर्ताहरुले विश्वका १६८ मुलुकहरुमा १९ लाख मानिसहरुमा गरेको अनुसन्धानको क्रममा यस किसिमको विवरण हासिल भएको हो । 

धेरै आम्दानी भएका अमेरिका, बेलायतजस्ता मुलुकहरुमा निष्क्रिय मानिसहरुको संख्या २००१ मा ३२ प्रतिशतमा रहेकोमा बढेर ३७ प्रतिशतमा पुगेको छ भने कम आम्दानी भएका मुलुकहरुमा भने यो नतिजा १६ प्रतिशतमा स्थिर रहेको छ । 

जर्मनी, न्युजिल्याण्ड र अमेरिकामा निष्क्रिय मानिसहरुको संख्या बढ्दै गएको देखिएको हो । अहिले सार्वजनिक भएको विवरणले सन् २०२५ सम्मको अवधिमा विश्वको निष्क्रिय मानिसहरुको संख्यालाई १० प्रतिशतमा झार्ने योजना समस्यामा पर्नसक्ने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ