arrow

चीन र भारतबाट अव रेल आउने भयो, समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष प्रचण्ड

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
pmprachandadahal.jpeg

हेटौँडा। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताए। मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले भने, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उनले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताए।

वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उनको भनाइ छ। अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उनले बताए, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन्। अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछौँ, अनि निरासा धेरै कम हुन्छ।” अब काठमाडौँ सफा भएपछि देश पुरै सफा हुन्छ भन्ने मानिसमा आशा जाग्ने उनको भनाइ छ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक उत्पादनसँग जोडिनुपर्ने बताए। उनले सबै मिलेरमात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न आग्रह गरे।

मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, राष्ट्रियसभाका सदस्य तथा समितिका सभापति रामनारायण विडारी, प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल माइकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतले सरकारले जनविश्वास जित्नेगरी विकास निर्माणमा लाग्नुपर्ने बताएका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ