arrow

१६ वर्षीया आरती सत्र दिनदेखि बेपत्ता, अभिभावक चिन्तित

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
young-girl.jpg

काठमाडौं। किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन्। काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन्। आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे। उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गरे।

प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उनको भनाइ छ। वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली गर्दा, कानूतः उमेर नपुगे पनि शारीरिकरुपमा परिपक्व भई घर छोडेर हिँड्ने गरेको बताउछन्।

किशोर वयका बालबालिका घर छोडेर हिँड्नुमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि कारण बन्ने गरेको वृत्तले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा वृत्तमा मात्र दर्ता भएको उजुरीअनुसार यस क्षेत्रबाट ४५ बालबालिका हराए। त्यसमध्ये ४४ जना भेटिए पनि एक जना अझै बेपत्ता छन्।

यो आवमा दुई जना बालबालिका हराएकामा एक जना भेटिएको छ। अधिकारीको भने खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ