arrow

काबुलको स्पोर्टस् क्लबमा आक्रमण, कम्तीमा २० को मृत्यु

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
afg2.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक स्पोर्टस् क्लबमा आत्मघाती बम आक्रमण भएको छ । बुधबार भएको सो बम आक्रमणमा परी २० जना मानिसहरुको ज्यान गएको छ भने थप ७० जना मानिसहरु घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

बुधबार ४ जनाको ज्यान जाने गरी स्पोर्टस् क्लबमा आत्मघाती बम विष्फोट गराइए पछि उद्धारको लागि पुगेको टोलीमा पनि आक्रमण भएको हो । ज्यान गुमाउनेहरुमा दुई पत्रकारहरु पनि रहेका छन् । सहरको सिया मुस्लिमहरुको बाहुल्यता रहेको क्षेत्रमा यो आक्रमण भएको हो । 

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि डास्क–इ–बार्कि जिल्लामा आईएसले यस्तै आक्रमण गरेको थियो । युद्धग्रस्त मुलुक अफगानिस्तान पत्रकारहरुको लागि सबैभन्दा असुरक्षित मुलुक रहेको केही समयअघि सार्वजनिक भएको एक विवरणले देखाएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ