arrow

इमिरेट्सको विमान चढेका १०० भन्दा बढी यात्रीहरु बिरामी

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
emiriats.jpg

काठमाडौं । इमिरेट्स एयरलाइन्सको विमानमा यात्रा गरिरहेका १०० यात्रीहरु एकैपटक बिरामी भएका छन् । सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार न्युयोर्कको जेएफके विमानस्थलमा ल्याण्ड गरेसँगै उनीहरु बिरामी रहेको पाइएको थियो । जसमध्ये १२ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । 

दुबईदेखि न्युयोर्कको लागि उडेको फ्लाइटमा ५२१ जना यात्रुहरु सवार थिए । विमानस्थलको स्रोतले दिएको जानकारीअनुसार धेरैजसो मानिसहरुमा खोकी तथा ज्वरोको समस्या देखिएको थियो । 

न्युयोर्कको सहरको मेयरले यो घटनाको पुष्टि गर्दै १०० मानिसहरु बिरामी पाइएको बताए । एयरलाइन्सले अहिले बिरामी भएकाहरुको उपचार भइरहेको जानकारी दिएको छ । उसले सबैभन्दा प्राथमिकतामा आफूहरुलाई यात्रीहरु नै रहेको बताएको छ । 

एक अधिकारीले दिएको जानकारीअनुसार यो विमान मक्कामा रोकिएको थियो, जहाँ अहिले फ्लु फैलिइरहेको छ । उक्त फ्लु यात्रीहरुको बिरामी हुनुको कारण हुनसक्ने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ