arrow

अमेरिकाले चीनसँग व्यापार सम्झौता गर्दैन : ट्रम्प

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
trump6.jpg

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग पछिल्लो समय जारी रहेको व्यापारिक विवाद समाधान गर्न कुनै सम्झौता नगर्ने बताएका छन् । यद्यपि उनले वार्ता भने जारी राख्ने बताएका छन् । 

विश्वका प्रमुख दुई अर्थतन्त्र बोकेका मुलुकहरुको बीचमा अहिले व्यापारिक द्वन्द्व जारी रहेको छ । दुवैले एकअर्काका ५० अर्ब डलरका सामग्रीहरुमाथि आयात कर लगाइरहेका छन् । यस्तोमा ट्रम्प थप २ खर्ब चिनियाँ सामग्रीहरुमाथि कर बढाउने योजनामा अघि बढिरहेका छन् । 

ट्रम्पले आफूहरु चीनसँग निकै सौहार्दपूर्ण वातावरणमा वार्ताको लागि तयार रहेको तर कुनै पनि व्यापारिक सम्झौताको पक्षमा भने नरहेको बताएका हुन् । यस विषयमा उनले विस्तृत जानकारी भने दिएका छैनन् । 

उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई आफ्नो अपार सम्मान रहेको बनाउँदै वार्ता जारी रहे पनि कुनै सम्झौता नहुने बताएका हुन् । अमेरिकाले चीनसँग आफ्नो बजार नीति परिवर्तन गर्दै अमेरिकी कम्पनीहरुलाई चीनमा सहज व्यापारको अवस्था सिर्जना गर्न माग गर्दै आएको छ । आफ्नो चीनसँगको ३ खर्ब ७५ अर्ब डलरको व्यापारघाटा कम गर्नका लागि अमेरिकाले यस्तो योजना अघि सारेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ