arrow

समुद्रीआँधीपछि जापानमा शक्तिशाली भूकम्प र पहिरो

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
japan6.jpg

काठमाडौं । जापानको उत्तर क्षेत्रमा रहेको होक्काइडो टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि यो क्षेत्रमा पहिरोको प्रकोप बढेको छ । 

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार भूकम्प र पहिरोको कारण २ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी हराइरहेका छन् । ६.७ म्याग्निच्युड क्षमताको सो भूकम्पको ३० लाख मानिसहरुको विद्युत् आपूर्ति रोकिएकोछ भने यो क्षेत्रमा रहेको न्युक्लियर प्लान्ट पनि बन्द गरिएको छ । 

पश्चिमी क्षेत्रमा आएको शक्तिशाली तुफानको कारण पछिल्लो केही दिनदेखि समस्यामा रहेको जापानलाई अर्को समस्या आइलागेको हो । विहीबारको भूकम्पले भने कुनै किससमको सुनामीको खतरा नरहेको बताइएको छ । 

अधिकारीहरुले त्यसको पराकम्प आउनसक्ने भन्दै मानिसहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । जापान अत्यधिक भूकम्प जाने मुलुक हो । विश्वमा जाने ६.० म्याग्निच्युडभन्दा ठुला भूकम्पमा जापानको हिस्सा २० प्रतिशतको रहने गरेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ