arrow

भारतमा समलैङ्गिक सम्बन्धलाई कानुनी मान्यता

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
india-gay.jpg

काठमाडौं । भारतको सर्वोच्च अदालतले समलैङ्गिक सम्बन्धलाई अपराधको श्रेणीबाट हटाउने निर्णय गरेको छ । अदालतले विहीबार आपसी सहमतिमा दुई वयस्कहरुले राखेको समलैङ्गिक सम्बन्धलाई कानुनी मान्यता दिने फैसला सुनाएको हो । 

सन् १९९४ मा पहिलोपटक अदालतमा यस विषयमा मुद्दा परेको थियो । २४ वर्षपछि त्यसको अन्तिम फैसला आएको हो । 
यो फैसला आएसँगै समलिङ्गीहरुको पक्षमा लडिरहेका अधिकारकर्मीहरुले खुसी व्यक्त गरेका छन् । 

समलैङ्गिक सम्बन्धलाई अपराधको श्रेणीबाट बाहिर निकाल्नु निकै ठुलो उपलब्धि रहेको अधिकारकर्मीहरुले बताएका छन् । यसअघि सन् २०१३ मा दिल्लीको उच्च अदालतको फैसलालाई उल्टाउँदै अपराधको सूचीमा नै राखेको थियो । 

भारतमा समलैङ्गिक सम्बन्धलाई अपराध मान्दै त्यस्तो कार्य गरेको खुलेमा १० वर्षको सजाय वा आजीवन कारावासको सजाय हुने व्यवस्था रहँदै आएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ