arrow

निर्मला हत्याकाण्ड अनुसन्धान प्रमाण सङ्कलनमा व्यापक त्रुटि : मानवअधिकार आयोग

प्रहरीले प्रकृया मिचेर काम गरेको

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ २१ बिहिबार
human-rights.jpg

कञ्चनपुर। गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले व्यापक त्रुटी गरेको राष्ट्रिय मानव अधिकार आयोगले  निश्कर्ष निकालेको छ । 

उक्त घटनामा सीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा शुरुवाती अवस्थामा नै कञ्चनपुर प्रहरीको अनुसन्धान कार्य प्रकृयासंगत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको राष्ट्रिय  मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता  मोहना अन्सारी बताईन् । बिहीबार राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अन्सारीले प्रमाण संकलनमा प्रहरीले प्रक्रियागत ढङ्गबाट नगर्नु प्रहरीको कमजोरी रहेको बताइन् । 

घटनाको स्थलगत अध्ययन, पीडित परिवार, पक्राउ परेका परिवारका सदस्य र व्यक्तिसंग आयोगले भेटघाट गरेको बताउदै आयुक्त अन्सारीले प्रहरीले प्रकृया मिचेर काम गरेको बताईन्  । निर्मला हत्याकाण्डको . अनुसन्धानका नाममा प्रहरीले केही नागरिकलाई गैर कानुनी थुनामा राखेको भन्दै उनले आपत्ति प्रकट गरिन् । घटनालाई आयोगले गम्भिर रुपमा लिएको प्रवक्ता अन्सारीले बताईन् ।.  

प्रवक्ता  मोहना अन्सारीले प्रहरीका जिम्मेवार अफिसरहरुले जिम्मेवारी पूर्वक अनुसंन्धान नगरेको बताईन् । उनले भनिन् ‘ प्रहरीको प्रमाण संकलनमै त्रुटि भएको छ ,घटना स्थलको प्रमाण संकलन गरेको पाईएन ’ राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीले पक्राउ गरेर यातना दिएका चक्रदेव बडु, हेमन्ती भट्ट र दिलिप सिंह विष्टलाई पक्राउ गरेको कारण र कुन मुद्धा चलाएको हो सो बारे प्रहरीलाई सोधिएको उनले बताईन् ।

 
कञ्चनपुरमा  संञ्चारकर्मीहरु संगको भेटघाटमा आयुक्त अन्सारीले प्रदेश नम्बर ७ मा महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको बताईन् ।

उनका अनुसार आयोगले प्रहरीसँग मागेको तथ्याङ्कमा १ वर्षको अवधीमा १ हजार ४ सया ८० बलात्कारका घटना भएका छन् । जसमा ८ सय घटना जबरजस्ती करणीका छन् । कञ्चनपुरकी निर्मला पन्तको घटनाको प्रहरीबाट हाल भैरहेको अनुसन्धान प्रगतिको अवस्था एवं आयोगको टोलीले उक्त घटनाको स्थलगत अनुगमन गर्नुका साथै पीडित परिवारसँग आयोगको उच्च स्तरीय टोलीले भेटेर छलफल गरेको राष्ट्रिय  मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता  मोहना अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आयोगको प्रदेश कार्यालय धनगढीमा २०७४-०७५ मा न्याय नपाएको भनिएका महिला हिंसा सम्बन्धी २० वटा उजुरी आएको राष्ट्रिय  मानव अधिकार आयोग प्रदेश ७ का कार्यालय प्रमुख झंकार रावलले जानकारी दिनुभयो । यस्ता किसिमका कतिपय घटनाहरु सार्वजनिक नहुनु केही घटना मिलापत्र हुनु मिलापत्र गराउने कार्यमा सुरक्षाकर्मीको समेत संलग्नता रहेको मानव अधिकार आयोगले जनाएको छ ।  

अधिकांश घटनामा प्रहरीको घरपरिवार एंव  नजिकको नातेदारबाट हुने गरेको आयोगको अनुगमनबाट पाईएको छ । महिला माथी हुने हिंसा लगायतका कुनैपनि अपराधजन्य कार्यको नियन्त्रण एंव न्युनिकरण गर्न नेपाल प्रहरीको अहम भूमिका रहेको भन्दै नेपाल प्रहरीसंगको सहकार्यमा ७ वटै प्रदेश बाट महिला हिंसा न्युनिकरण एंव मानव अधिकार संरक्षण सम्बन्धी राष्ट्रिय अभियान कञ्चनपुर जिल्लाबाट सुरु गरिने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ