मकवानपुर। मकवानपुरको विभिन्न स्थानमा बिहिबार हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन्।
हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर हेटौडा १३ पदमपोखरीका ११ वर्षिय रोजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आफ्नै घरको आगनमा खेलिरहेको लामालाई चट्याङ लागेर घाइते बनाए पछि उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिंहले बताए।
त्यसैगरी चट्याङ लागेर हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षिया सावित्री लुईटेल र बकैया गाउँपालिका–११ ठिँगनामा ३७ बर्षीय कृष्णलाल स्याङ्तान घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाईते लुईटेल र स्याङ्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।