arrow

कर्मचारीको अभावमा प्रतापुपर गाउँपालिकाको काममा समस्या

logo
अंगद यादव
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
pratappur-gaunpalika-board.png

नवलपरासी पश्चिम । स्थानीय तहको चुनाव भएको एक वर्ष पुगी सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा नवलपरासी पश्चिम जिल्लाका विभिन्न स्थानीय तहको काममा समस्या भएको छ ।

कर्मचारी नहुँदा जिल्लाका ४ गाउँपालिका र ३ नगरपालिकामा समस्या भएको हो । प्रतापपुर गाउँपालिकामा वडा सचिवदेखि महिला तथा बालबालिका, शिक्षा लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन । 

वडा कार्यालयमा वडा सचिव र प्राविधिक नहुँदा सेवा लिन समस्या हुने गरेको स्थानीयवासीन्दा युवराज मौर्याले गुनासो गरे।

वडा सचिवको दरबन्दी पूरा हुन नसकेपछि एउटै सचिवले दुई वटा वडाको काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख राजकुमार शर्माले बताए । गाउँपालिकाबाट पारित योजनाहरुलाई कार्यान्वयनको लागि जनशक्ति अभावले समस्या भएको उनले बताए ।

सरकारले समायोजन र कार्यक्षेत्रमा रहेका कर्मचारी नपठाएकोले समस्या झन बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए । लेखापाल, प्राविधिक, कार्यालय सहयोगी र अन्य शाखामा कर्मचारीको समस्या छ ।

अन्य गाउँपालिकामा समेत कर्मचारीको अभाव रहेको जिल्ला समन्वय समिति प्रमुख शिवशंकर प्रसाद रायले बताए । रायले सरकारले असोज महिना भित्र सबै गाउँपालिकामा कर्मचारी पुर्याउने आशा समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ