arrow

कर्मचारीले ठग्न खोजे, घुस मागे सीधै मेयरलाई फोन गर्नुस्  

ललितपुरका मेयर चिरिबाबुले भने म ठाउँका ठाउँ ठीक पार्छु

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
chiribabu1.JPG

ललितपुर। ललितपुर महानगरभित्र कर्मचारीले घुस मागे, काम गर्न आलटाल गरे, बेवास्ता गरे  र बिनासित्तिमा दुःख दिएमा तपाईँले सीधै मेयरलाई खबर गर्नूस् । मेयर चिरीबाबु महर्जनले सार्वजनिक कार्यक्रममै बाचा गरेका छन् “ कुनै गुनासो भयो भने तत्काल मलाई फोन गर्नुस् म्यासेज गर्नुस्, म ठाउँका ठाउँ ठीक पार्छु” । 

ज्यापु समाज पाटनको रजत जयन्तिका लागि लोगो अनावरण कार्यक्रममा मेयर महर्जनले महानगरभित्र कुनै पनि प्रकारका भ्रष्टाचारबिरुद्धको शून्य सहनसिलता अपनाउने प्रतिबद्धता जनाए । 

महानगरभित्रै कुनै पनि प्रकारको भष्टाचार भएको भएमा त्यसबारे उनको मोबाइलमा प्रत्यक्ष टेलिफोन, एसएमएस, फेसबुकमा मेसेज वा इमेल गरेमा असल शासनका लागि तत्काल एक्सन लिने उनले प्रतिबद्धता जनाए । उनले आफु मेयर भई आएपछि कर्मचारी बिरुद्ध आएका उजुरीमा तत्काल एक्सन लिने गरेका पनि छन् । कर्मचारीलाई जिम्मेवार, इमान्दार तथा कामप्रति प्रतिबद्ध हुन प्रेरित गरेको पनि उनले सुनाए ।  

मेयरको यो अभियानमा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी र प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरु दुबैले ललितपुरमा असल शासन स्थपानका लागि भ्रष्टाचारप्रति शुन्य सहनसिलता अपनाइने बताए । 

ललितपुरमा हालै सरुवा भएर आएका जोशीले पछिल्लो समयमा यो क्षेत्रमा सुरक्षा चुनौति रहेको बताए । ललितपुरमा राष्ट्रिय स्तरका व्यक्ति, मन्त्री, संबैधानिक निकायका अधिकारी लगायतका उच्चस्तरका अधिकारी बस्ने भएकाले सुरक्षा चुनौति रहेको भनाइ थियो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले पनि जिल्लामा महिला तथा बाल हिंसा र  भ्रष्टाचारप्रति एक रत्ति सम्झौता नगर्ने प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ