arrow

याे वर्ष पनि सरकारले भेटेन सर्वाेत्कृष्ट कर्मचारी, पाेहाेरकैहरूले सम्मान थाप्न बाँकी

नैतिक प्रश्न उठ्याे

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
sanghiye.JPG

काठमाडाैं । ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारासहित शुक्रबार यो वर्षको निजामती सेवा दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउँदै आएको छ । 

दिवसको अवसरमा शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा विषेश कार्यक्रम आयोजना गरेको छ । त्यो कार्यक्रममा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिँदै छ ।

यो वर्ष र गएको वर्ष सम्मानका लागि छनोट भएका निजामती कर्मचारीहरुलाई सँगै सम्मान गरिने छ । पोहोर साल तराई मधेसमा बाढी र डुबानको विपत्ती आएपछि निजामती सेवा पुरस्कार वितरण समारोह आयोजना हुन सकेको थिएन ।

यस्तै, सरकारले यो वर्ष पनि पोहोर जस्तै सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन । दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । पोहोर जस्तै यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाउन सकेन । 

विहिरबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस वर्ष १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । यद्यपि, २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि भने कुनै पनि कर्मचारी छनोट नभएको बताइएकाे छ । 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी दुई लाख रहेको छ । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी एक लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ राखिएको छ ।

पोहोर सरकारले दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, जगन्नाथ बराल,  ईन्द्रप्रसाद आचार्य, जीवनप्रसाद सेढाईं, लक्ष्मीदत्त कलौनी, प्रल्हादकुमार योगी र अनील खनाललाई जनही एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ