arrow

राष्ट्रपतिका उम्मेदवारमाथि छुरा प्रहार

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
jair_bolsnaro.jpg

काठमाडौं । ब्राजिलको आगामी राष्ट्रपति निर्वाचनका प्रमुख दाबेदार जायर बोल्सनारोमाथि विहीबार चक्कु आक्रमण भएको छ । निर्वाचन प्रचारको क्रममा उनीमाथि सो आक्रमण भएको हो । दक्षिणपन्थी विचारधारा राख्ने बोल्सनारो सो आक्रमणमा सामान्य घाइते भएको बताइएको छ । 

आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट बोल्सनाराका छोराले सो आक्रमणको जानकारी दिएका हुन् । आगामी अक्टोबर महिनामा ब्राजिलमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ । 

आक्रमणकारीलाई भने बोल्सनारोका समर्थकहरुले समातेर राखेका छन् । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व राष्ट्रपति लूला डि सिल्भालाई निर्वाचनमा उठ्न प्रतिबन्ध लगाएसँगै बोल्सनारो सबैभन्दा अगाडि देखिएका छन् । बोल्सनारो मुलुकमा व्यापक मात्रामा बढिरहेको अपराध रोक्नका लागि हतियार राख्न पाउने कानुन बनाउनुपर्ने पक्षमा रहेका छन् । 

लामो समयसम्म ब्राजिलको संसदमा उपस्थिति जनाएका भए पनि बोल्सनारो अहिलेसम्म कुनै पनि भ्रष्टाचारको मुद्दामा मुछिएका छैनन् । यद्यपि उनको समलिङ्गी, महिला तथा अन्य केही अभिव्यक्तिले भने उनलाई विवादमा तानेको थियो । उनलाई ब्रापजलका डोनाल्ड ट्रम्पको रुपमा चिनिने गरिएको छ । सामाजिक सञ्जालमा उनका ८५ लाख फलोअर्स छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ