चीनसंग ४९ वर्षअघि भएको पारहवन सम्झौताले साकार रुप पायो – चन्द्र भण्डारी
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
845
Shares
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले २०१६ सालमा चीनसंग भएको पारवहन सम्झौताले साकार रुप प्राप्त गरेको बताएका छन् । यो सम्झौताले त्रासदिपूर्ण सपना जस्तो बनेर समय समयमा हुने नाकाबन्दीका कारण उडेको नेपालीको सात्तो फर्किने विश्वास पनि उनले गरेका छन् ।
नेता भण्डारीले अब नेपालले चीनको जुन सुकै सुक्खा र अन्य बन्दरगाह प्रयोग गर्न पाउने भन्दै आफ्नो देश र जनताका लागि चीनसंग पारवहन र सडक समझौता गर्दा वीपी कोइरालाको सरकार अपदस्थ भएको स्मरणसमेत गराएका छन् ।
जसको कारण आजसम्म पनि नेपालले विकासको गति लिन नसकेको दृष्टान्त पेश गर्दै भण्डारीले लामो समयको प्रतिक्षापछि नेपालीको सपना साकार भएको बताए ।
चीनको उदारता र सहयोग बुझ्ने नेपाली खुशी हुनेछन् भन्दै उनले आजको दिनमा देश र जनताको हितका लागि कसैसंग नझुक्ने नेता विपी कोइराला र उनको सरकारलाई आभार सहित नमन भनेका छन् । साकार रुप दिएकोमा नेता भण्डारीले वर्तमान सरकारलार्इ पनि धन्यवाद भनेका छन् ।