arrow

भारतले फ्रान्ससँग लडाकु विमान किनेर तर्साउन सक्ला त चीन र पाकिस्तानलाई ? 

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
india-fighter-plane.jpg

काठमाडौं । भारतको फ्रान्सबाट ३६ रफाएल लडाकु विमान खरिद सम्झौता निकै विवादित बन्न पुगेको छ । भारतको प्रतिपक्षी कांग्रेसले भारतको लागि यो सम्झौता घातक हुनसक्ने बताएको छ । यो सम्झौता रोक्नका लागि भारतीय सर्वोच्च अदालतमा मुद्दा पनि दायर भएको छ । आगामी साता यस विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउनेछ । 

सबै विवादहरुको बीचमा भारतीय वायु सेनाका उपप्रमुखले रफाएल निकै महत्वपूर्ण लडाकु विमान रहेको बताएका छन् । उनले यो आफूहरुको लागि लाभदायक हुनसक्ने भन्दै यसको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । 

रफाएलको क्षमता 

भारतले यसअघि सन् १९९७–९८ मा रुससँग सुखोई विमान खरिद गरेको थियो । त्यसपछि अहिले रफाएल खरिद गर्न गइरहेको हो । २०–२१ वर्षपछि खरिद गर्न लागिएको यो विमान प्रविधिको हिसाबमा पहिलेको तुलनामा निकै महत्वपूर्ण रहेको छ । विश्लेषकहरु भने विमानको क्षमता यसमा प्रयोग गरिएको सेन्सर र हतियारको आधारमा मात्र मापन गर्न सकिने बताउँछन् । सामान्यतया फाइटर विमान ४० देखि ५० हजार फिटको उचाइसम्म जान सक्छ । 

विश्लेषकहरुले बताएअनुसार रफाएलबाट जमिनमा १५० किलोमिटरसम्मको दूरीमा मिसाइल प्रहार गर्न सकिने र हावाबाट जमिनमा भने यसले ३ सय किलोमिटरसम्म मिसाइल प्रहार गर्न सकिने बताइएको छ । केही भारतीय पर्यवेक्षकहरुले भने यो विमान पाकिस्तानको एफ–१६ भन्दा पनि शक्तिशाली रहेको बताएका छन् । 

रफाएलमा ३६० डिग्रीको भिजिवलिटी हुने बताइएको छ । यसको प्रयोग गरी पाइलटले सहजै विपक्षीलाई देख्न सक्ने बताइएको छ । पाइलटको लागि एक हेल्मेटको पनि व्यवस्था गरिने बताइएको छ । 

अहिलेसम्म भारत पाकिस्तानभन्दा पनि कमजोर
 
अहिलेसम्मको अवस्थामा भारतको लडाकु विमान पाकिस्तानको भन्दा कमजोर रहेको छ । सन्  १९९९ को युद्धमा भारतसँग ३० किलोमिटर क्षमताको लडाकु विमान रहेको थियो भने पाकिस्तानसँग केवल २० किलोमिटर क्षमताको थियो तर सन् २०१४ सम्म आइपुग्दा पाकिस्तानले आफ्नो क्षमता बढाएर १०० किलोमिटरमा पुर्‍याउँदा भारतले केवल ६० किलोमिटरमा मात्र पु¥याउन सक्यो । जसको कारण अहिले भारतले आफूलाई असुरक्षित महसुस गरिरहेको छ । यस्तोमा रफाएल खरिद गरेको खण्डमा उसको क्षमता १५० किलोमिटरसम्म पुग्नेछ । 

 पाकिस्तानसँग अहिले एफ–१६ लडाकु विमान रहेको छ । यो पनि निकै एडभान्स विमान हो । भारतले खरिद गर्न लागेको राफाएल फाइटर विमान ४.५ जेनेरेसन फाइटर विमान हो । सबैभन्दा एडभान्स फाइटर विमान ५ जेनेरेसनको रहेको छ । भारतको लागि पाकिस्तानका साथै चीन अर्को समस्या हो । भारत र चीनको बीचमा सन् १९६२ मा एकपटक युद्ध भइसकेको छ । यस्तोमा भारत कमजोर देखिएको थियो । अहिले पनि दुई मुलुकको बीचमा राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । बेलाबेलामा विभिन्न किसिमको संघर्षको कुराहरु आउने गरेका छन् । 

‘भारतको हितमा छैन राफाएल’

राफएलको प्रयोग सिरिया र इराकमा गरिसकिएको छ । यसको मूल्यलाई लिएर पछिल्लो समय व्यापक आलोचना भइरहेको छ । भारतीय पूर्व रक्षामन्त्री मनोहर पर्रिकरले पनि यसको मूल्यको विषयलाई लिएर भारत यो विमान खरिदको लागि सक्षम नरहेको बताएका थिए । उनले आफ्नो अवस्थाअनुसार मात्रै लाडाकु विमान खरिद गर्नुपर्नेमा जोड दिएका थिए । यसको कारण पनि भारतमा यो विमानको विषयमा आशंका बढेको हो । भारतका धेरैजसो विश्लेषकहरुले यो विमानमा कारोबारको डर रहेको बताउँदै आएका छन् । 

भारतको लागि सबैभन्दा ठुलो डर पाकिस्तान र चीनको रहेको छ । के यो लडाकु विमान खरिद गरेपछि चीन र पाकिस्तान डराउलान् त ? यस विषयमा भने विश्लेषक राहुल बेदी दुवै मुलुकलाई भारतले यो विमान किन्दा त्यस्तो ठुलो असर नपर्ने बताउँछन् । चीन त यसै पनि एडभान्स लडाकु विमान प्रयोग गरिरहेको मुलुक भएकोले ऊ भारतसँग नहच्किने र पाकिस्तानलाई पनि धेरै डर नलाग्ने बताउँछन् । अहिले राफाएलको विस्तारित रुप ७२राफाएल भएको भए पाकिस्तानलाई झड्का पुग्नसक्ने भए पनि अहिले भारतले खरिद गर्न लागेको ३६राफाएलमा डराउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । 

पाकिस्तानलाई सन् २०२० सम्मको अवधिमा आफ्नो क्षमतामा विस्तार गर्नु निकै आवश्यक रहेको विश्लेषकहरुले बताएका छन् । भारतसँग बराबरीको लागि पाकिस्तानले पनि थप लडाकु विमानहरु खरिद गर्नसक्ने केहीको भनाइ छ । यद्यपि पाकिस्तानको आर्थिक अवस्था अहिले राम्रो लयमा छैन, जसको कारण समस्या आउनसक्ने बताइएको छ । (बीबीसी हिन्दीबाट भावानुवादित अंश)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ