arrow

सवारी चालक परियार सम्मानित

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार

झापा । निजामती सेवा दिवस—२०७५ को अवसरमा हुक्रबार झापाको अर्जुनधारा नगरपालिकामा उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई नगद सहित कदरपत्रले सम्मान गरे ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी हेबी सवारी चालक राजकुमार परियार सम्मानित भएका हुन् । उनी उक्त नगरपालिकामा २०७२ सालदेखि सवारी चालकको भूमिकामा छन् ।

नगर प्रमुख रानाले निजामती कर्मचारीको जनताबाट संकलन भएको करबाट जीवनशैली संचालन भएको हुनाले सेवा प्रवाहमा दत्तचित भएर लाग्नुपर्ने बताए ।

राज्य र नागरिकले अपेक्षा गरेअनुसार हामीले काम गर्ने हो उनले भनेर्– त्यसको कार्यान्यन गर्ने महत्वपूर्ण भूमिका निजामती कर्मचारीको रहन्छ ।’

 नगर उप–प्रमुख कमला खतिवडाले निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सहित छिटो छरितो सेवा प्रदान गर्न दिवसले टेवा पुग्नेँ विश्वास व्यक्त गरिन ।

प्रमुख प्रशासकीय अधिकृत खतिवडाले गाडीको इञ्जिन निजामती कर्मचारी र चालक जनप्रतिनिधि भएको बताउँदै गन्तव्यमा पुग्न दुवैको भूमिका उस्तै रहने धारणा व्यक्त गरेँ । नगरको पा¨णमा रुदाक्ष र सिखण्ड बहुमुल्य प्रजातिका बोटविरुवा समेत वृक्षारोपण गरिएको थियो ।

शिक्षा अधिकृत जानुका गुँरागाइले स्वागत मन्तव्य राखेको कार्यक्रम संचालन खरिदार सौजन कटुवालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ