arrow

पहिलो सेवाग्राहीलाई सम्मान

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार

पाल्पा । १५ औं निजामती सेवा दिवस २०७५ को अवसरमा रामपुर कर्मचारी मिलन केन्द्र रामपुर पाल्पाले  शुशासनमा कर्मचारीको भुमिका बिषयक छलफल कार्यक्रम गरी मनाएको छ ।

‘‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’’ भन्ने नारा सहित मिलन केन्द्रले मनाएको यस बर्षको दिवसका अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकलाई अग्रगतिमा अघि बढाउन कर्मचारीको मुख्य भुमिका हुने बताए । 

‘‘मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा कर्मचारीमा निर्भर हुन्छ’’ थापाले भने – सहज र स्वच्छ सेवाका लागि अहिले कर्मचारी र प्रतिनिधि मिलेर जनतालाई राज्यको उपस्थितिको अनुभुति गराउनुपर्दछ ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा मालपोत कार्यालय रामपुरका प्रमुख घनश्याम अर्यालले कर्मचारीले सरकारले तोकेको ऐन नियमको परिधिमा रहेर कार्य सम्पादन गरेमा सुशासन आफै कायम हुने बताए । 

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले सुशासन कायमका लागि प्रतिपादित विश्वव्यापी मान्यता, कर्मचारीले खेल्नु पर्ने भुमिका र सरकारले व्यवस्था गरेका ऐन र कानुनका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सुनिता खनालले संस्थागत सुशासन बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

 रामपुर कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णुहरी घिमिरेको अध्यक्षता, कोषाध्यक्ष चेमन प्रकाश पोखरेलको स्वागत र सचिव मोहन भट्टराईको संञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा रामपुरबाट सरुवा भएका कर्मचारीलाई विदाई र नयाँ कर्मचारीलाई स्वागत गरिएको छ । कार्यक्रममा रामपुर क्षेत्रमा कार्यरत निजामती कर्मचारी, वित्तिय संस्थाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यसैबीच, रामपुर नगरपालिकाले नगरपालिका कार्यालयमा शुक्रबार निजामति दिवसका दिन सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले निजामती सेवा दिवसको अवसरमा सेवा लिन आउने ४ जना सेवा ग्राहीलाई सम्मान गरेको हो ।

पहिलो सेवा पञ्जीकरणबाट सेवा लिने रामपुर २ का सीता कुमाल, राजश्व शाखाबाट सेवा लिने रामपुर १० का उपेन्द्र जोशी र मायाँदेवी कुमाल सहित लेखाबाट सेवा लिने रानपा १० का कान्तीकुमारी कुमाललाई नगर प्रमुख र प्रशासकिय अधिकृतले सम्मान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ