arrow

निर्मला हत्याकाण्डबारे प्रधानमन्त्री ओलीले गरे बम दिदीबहिनीको बचाऊ 

छानबिन चलिरहँदा यो चाहीं हस्तक्षेप नहुने प्रधानमन्त्री ज्यू ? 

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
nirmala1.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याकाण्डमा सोधपुछका लागि नियन्त्रणमा लिइएका बम दिदीबहिनी बबिता र रोशनीको बचाउ गरेका छन् । 

ओलीले छानबिन भइरहेका बेलामा राजनीतिक हस्तक्षेप हुनु नहुने भन्दै एउटा बालिका मारिएको छ तर अरु बालिकामाथि भयंकर आक्रमण भएको बताए । 

प्रधानमन्त्री ओलीले ‘निर्मलाको शवको पोष्टमार्टम भएर शव परिवारले घर लगिसकेको अवस्थामा उक्त शवलाई खोसेर मेयरको घरमा लैजानुको कारण के हो ?’ भन्दै यसमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाए । 

उनले ‘स्थानीयलाई चित्त बुझेन भनेर सीडियो फेर्यौं, एसपी फेर्यौं, डीएसपी फेर्यौं, छानबिनको उच्च स्तरीय समिति बनायौं । यो क्रियाशील छ । छानबिनलाई यसो गर्नुपर्यो र यसो गर्नु हुँदैन भनेर कामै गर्न नदिने भन्ने पनि हुन्छ ?’ भने ।

प्रधानमन्त्री ओलीले बाँचिरहेका दुई दिदीबहिनीले आत्महत्या गर्नुपर्ने हो ? भन्दै प्रश्न गर्दै यो महिला हिंसा हो यसको अन्त्य गरौं भनेका छन् । 

गत साउन १० गते १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्याको डेढ महिना भइसक्दा पनि हत्यारा पक्राउ परेको छैन । 

अनुसन्धान चलिरहेको छ । यसबीचमा प्रधानमन्त्री ओलीले दिएको यो भाषणले छानबिनलाई नै प्रभावित पार्ने निश्चित छ । 

निर्मलाको परिवारका सदस्यहरुलाई दवाव दिएर जिल्ला सुरक्षा समितिको वैठकको निर्णय अनुसार विहानै महाकालीमा शव जलाइए पनि प्रधानमन्त्रीले गलत रिपोर्टीङको आधारमा शव मेयरको घरमा लगेको झुटो कुरा बताएका छन्। प्रधानमन्त्रीको सो अभिव्यक्तिले सुदुरपश्चिम फेरि आक्रोशित भएको छ। 

पक्राउ परेका मानसिक सन्तुलन ठिक नभएका दिलिप सिंह विष्टलाई नै दोषी बनाउने योजना रचिएको उच्च स्रोत बताउँछ । 

यसैबीच, पन्तको अनुसन्धानमा प्रहरीले व्यापक त्रुटी गरेको राष्ट्रिय मानव अधिकार आयोगले निश्कर्ष निकालेको छ ।

उक्त घटनामा सीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा शुरुवाती अवस्थामा नै कञ्चनपुर प्रहरीको अनुसन्धान कार्य प्रकृयासंगत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको राष्ट्रिय  मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता  मोहना अन्सारीले बताईन् ।

बिहिबार राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अन्सारीले प्रमाण संकलनमा प्रहरीले प्रक्रियागत ढङ्गबाट नगर्नु प्रहरीको कमजोरी रहेको बताएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ