arrow

तम्घास अस्पताललाई थप व्यवस्थित बनाउन लागे कर्मचारी 

logo
रमेश विक,
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
karmachari-gulmi.jpg

गुल्मी । निजामती सेवा दिवस २०७५ मुल समारोह समिति गुल्मीले सदरमुकाम तम्घासमा विविध कार्यक्रम  साथ १५ औं निजामती सेवा दिवस सम्पन्न गरेको छ । 

दिवसको अवसर पारेर निजामती सेवामा लागेका कर्मचारीहरुले सदरमुकाम तम्घास बजारमा प्रभातफेरी कार्यक्रम सप्पन्न गरेको । प्रभातफेरी कार्यक्रम प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको नेतृत्व, विभिन्न कार्यालय प्रमुख तथा जिल्ला स्थित निजामती कर्मचारीहरुले सहभागीता रहेको थियो । 

दिवसको अवसरमा गरिएको कार्यक्रमले कर्मचारी मिलन केन्द्रको तर्फबाट तम्घास अस्पताललाई थप व्यवस्थितका साथै फोहोरमुक्त बनाउनको लागि विभिन्न सरसफाइ सामग्रीहरु हस्तान्तरण गरेको छ । 

सोही अवसरमा कारागार कार्यालय गुल्मीमा रहेका कैदीबन्दीहरुलाई मध्यनजर गरि विभिन्न खेलकुद सामग्रीहरु पनि हस्तान्तरण गरेको कर्मचारी मिलन केन्द्रका सचीव प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ