arrow

भारतलाई अमेरिकाको शर्त : रसिया छुँदैनौं, इरानबाट तेल नकिन्नू , भारत भन्छ – मान्दैनौं 

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
india-usa.jpg

एजेन्सी। अमेरिकाले भारतलाई इरानसँग तेल खरिद नगर्नका लागि आग्रह गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको भारत भ्रमणको क्रममा अमेरिकाले भारतलाई यस्तो सुझाव दिएका हुन्। विहीबार भारत र अमेरिकाको बीचमा भएको टु प्लस टु वार्ताको क्रममा अमेरिकाले भारतमाथि रसियासँगको सैन्य सम्झौताको बीचमा नअाउने तर इरानबाट तेल अायात नगर्नका लागि शर्त राखेको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तेल खरिद र रसियासँगको सैन्य सम्झौताको विषयालाई लिएर भारतमाथि प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएका थिए। विहीबार भएको वार्ताको क्रममा अमेरिकाले रसियासँगको सैन्य सम्झौता भने भारतलाई आफ्नो हिसाबले सल्टाउनका लागि बाटो खुला गरिदिएको छ।  भारतले भने इरानसँगको तेलको आयात घटाउने सम्बन्धमा आगामी दिनमा आफ्नो आवश्यकता अनुसार निर्णय लिने बताएको छ। 

भारतलाई इरानबाट तेल आयात नगरी अमेरिकाबाट आयात गर्नु निकै महँगो पर्ने भएकोले अमेरिकालाई नमान्ने पक्षमा भारत देखिएको हो। अहिले कुरामा टारेर अमेरिकालाई बिदा गरेपनि आगामी दिनमा इरानबाट नै तेल आयात गर्ने पक्षमा भारत रहेको देखिन्छ। 

भारत र अमेरिकाको बीचमा जारी रहेको यो वार्ताको बीचमा एक इरानी प्रतिनिधिमण्डल दिल्लीमा चाबहार बन्दरगाहको भुक्तानीसम्बन्धी कार्यको व्यवस्थापनको कार्यमा जुटेको छ। यसका साथै इरानले भारतबाट रेलवे तथा अन्य इन्जिनियरिङ्ग उपकरणको खरिदमा पनि चासो देखाएको छ। यसबाट इरानलाई अमेरिकाले लगाएको प्रतिबन्धबाट पार पाउनका लागि पनि सहयोग पुग्नेछ। 

इरानको पासरगाड बैंकलाई भारतमा एक शाखा खोल्नका लागि पनि अनुमति मिलेको छ। जसको कारण पनि भारत र इरानको सम्बन्धमा थप सुधार आउनसक्ने देखिएको हो। 

विहीबार भारतीय यातायातमन्त्री नितिन गडकरीसँगको वार्ताको क्रममा इरानी प्रतिनिधिमण्डले अबको केही समयमा नै भारतलाई चाबहार बन्दरगाहको जिम्मा दिइने भरोशा दिलाएका थिए। अफगानिस्तानको लागि निकै महत्वपूर्ण मानिएको चाबहार बन्दरगाहको पहिलो परीक्षणभन्दा पहिला ३५ लाख डलरको रकमको परफर्मेन्सको ग्यारेन्टी गर्ने तयारी गरेको छ। इरानमाथिको प्रतिबन्धको कारण यो बन्दरगाहको विषयमा पनि प्रश्नचिह्न खडा भएसँगै इरानले यस्तो तयारी गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ