arrow

चिनियाँ राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
xi-putin.jpg

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनीयाँ विदेश मन्त्रालयले जनाएको छ। जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता कीम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता कीमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन्। सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ। कीमले भने सहभागिताका बारेमा घोषणा गर्नुभएको छैन, तर उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ।

चिनीयाँ अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेटघाट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए। चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताए। यसै वर्ष उत्तर कोरियाली नेता कीमसँग राष्ट्रपति सीले तीन पटक भेट गरेका छन्।

राष्ट्रपति सीले चिनियाँ वरिष्ट सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका छन्। यो वार्षिकोत्सवमा चिनीयाँ राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए। उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गरेका छन्।

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनेछन्। रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनियाँ नेताको यो पहिलो सहभागिता हो। बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ। हालैका महिनाहरुमा दुबै पक्षबीच उच्चस्तरको भ्रमण हुनेक्रम सुरु भएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ