arrow

प्रधानसेनापति क्षत्रीलाई बग्गीमा साँझ सभामण्डप

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
army-chief1.jpg

काठमाडौं। नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ। सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गरे। उनको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए।

सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो। प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनेछन्। प्रधानसेनापति क्षत्री र उनकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको थियो।

सेवा निवृत्त हुन लागेका प्रधानसेनापतिको औपचारिक बिदाइ सैनिक मञ्च टुँडिखेलबाट हुने चलन नेपाली सेनाले यो वर्षबाट शुरु गरेको हो। यसअघि सैनिक मुख्यायलभित्र बिदाइ कार्यक्रम गर्ने चलन थियो। सैनिक मञ्चको कार्यक्रममा कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत सहभागी थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ