arrow

दरले खायो सातो, तीजको दर खाँदा ५० भन्दा बढी बिरामी

बालबालिका बढी सिकिस्त

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
teej-program.jpeg

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । 

स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । 

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ ।

बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ । 

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सक टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ