अल्टिच्यूड एयरको हेलिकप्टर सम्पर्कबिहिन, सवार ७ जनाकाे परिचय खुल्याे
प्रकाशित २०७५ भदौ २३ शनिबार
237
Shares
धादिङ। गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्क बिहीन भएको छ। गोर्खाबाट उडेको अल्डिच्यूड एयरलाइन्सको नाइन एन (एएलएस) अल्फा लिमा शेरा कल साइनको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र मेघाङ एरियाबाट सम्पर्कबिहीन भएको हो ।
अल्टिच्यूड एयरका मार्केटिङ अधिकृत सीताराम सापकोटाका अनुसार गोर्खाको सानागाउँबाट उडेको हेलिकोप्टर बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्कबिहीन भएको हो। हराइरहेको हेलिकोप्टरको खोजीका लागि एल्टिच्यूटडकै अर्को हेलिकप्टर पठाइएकोमा प्रतिकूल मौसमका कारण फर्किएको र अहिले पनि आफ्नो सहित सिम्रिक र श्री एयरको हेलिकोप्टर समेत परिचालन भइरहेको सापाकोटाले जानकारी दिए।
हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ५ जना नेपाली र एक जना जापानी नागरिक थिए । हेलिकोप्टरमा पाइलट केसी सहित गोर्खा चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डिकी, सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।