arrow

६ यात्रु बोकेको अल्टिच्यूड एयरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त

एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाका अनुसार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
altitude-air-helicopte.jpg

धादिङ। गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए ।

गोर्खाबाट उडेको अल्डिच्यूड एयरलाइन्सको नाइन एन (एएलएस) अल्फा लिमा शेरा कल साइनको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र मेघाङ एरियाबाट सम्पर्कबिहीन भएको थियो।

अल्टिच्यूड एयरका मार्केटिङ अधिकृत सीताराम सापकोटाका अनुसार गोर्खाको सानागाउँबाट उडेको हेलिकोप्टर बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्कबिहीन भएको थियो। हराइरहेको हेलिकोप्टरको खोजीका लागि एल्टिच्यूटडकै अर्को हेलिकप्टर सहित सिम्रिक र श्री एयरको हेलिकोप्टर समेत परिचालन भएको थियो। 

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ५ जना नेपाली र एक जना जापानी नागरिक थिए । हेलिकोप्टरमा पाइलट केसी सहित गोर्खा चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डिकी, सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सु थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ