arrow

राहुल गान्धीलाई मानसरोवर यात्रा महंगो पर्दै, हरेक पाइलाको हिसाब सार्वजनिक

विपक्षीद्धारा कटाक्ष

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
rahul.JPG

नयाँदिल्ली । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको मानसरोवर यात्रा महंगो पर्दै गएको छ । 

कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट राहुलको कैलाश मानसरोवर यात्राको विवरण सार्वजनिक गरिएपछि झन् आशंका र आलोचना बढेको हो । 

आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै राहुलको चीन यात्रा भएको विपक्षी पार्टीहरुले ब्याख्या गरेका छन् । 

काठमाडौं आएर मानसरोवर लागेका राहुललाई कतिपयले मतदाता लोभ्याउन तयार पारिएको एक नाटक भनिरहेका छन् ।

राहुलको यो यात्रा जेसुकै भए पनि टिकाटिप्पणी बढी भएपछि उनको यात्रासम्बन्धी विवरण पार्टीले सार्वजनिक गरेको हो । 

ट्वीटरमा राहुलको तस्वीरसंगै  ‘फिटबिट एप’ मार्फत संग्रहित तथ्यांकको ‘स्क्रिन सट’ पनि सार्वजनिक गरिएको छ । 

यो एपमार्फत राहुलले पैदल हिंडेको तथ्यांक राखिएको छ । यो तथ्यांकपछि राहुलको तस्वीर  ‘फोटोशप’ बाट सम्पादन गरिएको समेत लगाएका छन् । 

हिन्दु धर्मको वकालत गर्ने भारतीय जनता पार्टीसँग टक्कर लिनका लागि राहुलले नयाँ रणनीति बनाएको आरोप पनि लागेको छ । विपक्षीहरुले राहुलको यो कदमलाई अनावश्यक प्रोपोगाण्डा पनि भनेका छन् । 

बीजेपी केन्द्रीय मन्त्री स्मृति ईरानीले ‘आस्थालाई कुनै प्रमाणको जरुरी नपर्ने’ भनी व्यङ्ग्य गरेकी छिन् । उनले भगवान प्रमाण खोज्दैनन् भनेर राहुलको यात्रालाई प्रोपोगान्डा भनेकी हुन् । 

१२ दिनको कैलाश मानसरोवर यात्रामा रहेका राहुल गत अगष्ट ३१ मा गएका थिए । 

राहुलले गत अप्रिल महिनामा कर्नाटक चुनावका समयमै मानसरोवर यात्रा गर्ने जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ