arrow

अल्टिच्यूूड एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरको लोकेशन ट्रेश : कस्ता थिए पाइलट र हेलि ? 

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
helico.JPG

धादिङ । गोर्खाको सामागाउँबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टर नुवाकोट र धादिङको सीमानामा पर्ने दारका भन्ने ठाउँमा दुर्घटना भएको पुष्टि भएको छ । 

दुर्घटनास्थल धादिङपट्टिको दारकामा पर्छ । अल्टिच्यूड एयरका उपाध्यक्ष फूर्वा शेर्पाले हेलिकोप्टर दुर्घटना भएको पुष्टि गरेका हुन् । घटनास्थलमा अहिले उद्धार टोली पुगिसेकेको छ । दुर्घटनामा पाइलट सहित ६ नेपाली र एक जापानी थिए । उद्धारका लागि अल्टिच्यूडकै अर्को हेलिकोप्टरसहित सिम्रिक र श्री एयरका हेलिकोप्टर समेत परिचालन गरिएको छ । 

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ५ जना नेपाली र एक जना जापानी नागरिक थिए । हेलिकोप्टरमा पाइलट केसी सहित गोर्खा चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डिकी, सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सु थिए । हेलिकोप्टरमा सवारहरुको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

आज दुर्घटना परेको ९ एन–एएलएस कल साइनको यो हेलिकोप्टर फ्रान्सको एयरबस कम्पनीबाट पौने २ वर्षअघि अल्टिच्यूड एयरले करीब ३० करोड रुपैयाँ किनेको हो । विमान ल्याएलगत्तै उडानमा परिचालन गरिएको थियो । यो उडानअघि हेलिकोप्टरमा कुनै पनि खराबी देखिएको थिएन ।

विमान उडाउने पाइलट निश्चल केसी नेपालका पुराना र अनुुभवी पाइलट हुन् । उनले यो हेलिकोप्टर १ वर्षदेखि उडाउन थालेका थिए । अल्टिच्यूड एयरसँग २ वटा हेलिकोप्टर छन् । अर्को हेलिकोप्टर उद्धारका लागि परिचालन गरिएको, एयरका उपाध्यक्ष शेर्पाले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ